कृषि विकास रणनीति परिमार्जन हुँदैछ : कृषिमन्त्री अधिकारी

काठमाडौँ । कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले कृषि विकास रणनीतिलाई समयानुकूल परिमार्जन गर्न थालिएको बताएका छन् ।
कृषि विकास रणनीति कार्यान्वयन समीक्षा र परिमार्जनका लागि बिहीबार काठमाडौँमा आयोजित अन्तर्क्रिया कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री अधिकारीले मुलुक संघीयतामा जानुअघि लागू गरिएको रणनीति अहिले परिमार्जन गर्नुपर्ने बताएका हुन् ।
उनले भने, ‘संघीयता अघिको रणनीतिले हामीलाई काममा अवरोध गरेको छ । यसलाई तत्काल परिमार्जन गर्न आवश्यक छ । म त्यसमा लागेको छु ।’
२०७२ देखि लागू भएको कृषि विकास रणनीति हाल परिमार्जनको चरणमा रहेको छ । रणनीति परिमार्जनका लागि सातै प्रदेशका सरोकारवालाबिच छलफल गरी सुझाव लिइएको अधिकारीले बताए ।
जीविकोपार्जनका लागि कृषि कर्म गर्नेहरूलाई पनि व्यावसायिक कृषिमा ल्याउन सक्ने गरी रणनीति परिमार्जन आवश्यक रहेको मन्त्री अधिकारीले जोड दिए ।
कृषि क्षेत्रमा बजेट धेरै देखिए पनि अनुदान र मल खरिदमा धेरै खर्च हुने गरेकाले कृषिको समग्र विकासका लागि थप बजेट आवश्यक रहेको पनि उनले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१० बजे १० समाचार : सदनमा लफडा, क्याम्पसमा तोडफोड
-
राज्यको अगुवाइमा निजी क्षेत्रको विकास गर्नुपर्छ : अध्यक्ष भट्टराई
-
एमाले निकट विद्यार्थी संगठनद्वारा सुर्खेत बहुमुखी क्याम्पसमा तोडफोड, निर्वाचन स्थगित
-
ललितपुर महानगर र रसियाको उलान उदे सहरबीच भगिनीसम्बन्ध कायम
-
आरआर क्याम्पसमा एमाले र समाजवादीबिच चुनावी तालमेल
-
स्ववियु निर्वाचन : विद्यार्थीहरू किन उत्रिए तोडफोडमा ?