राष्ट्रियसभा उपाध्यक्ष विमला घिमिरे स्वदेश फिर्ता

काठमाडौँ । सङ्घीय संसद् राष्ट्रियसभाका उपाध्यक्ष विमला घिमिरे मित्रराष्ट्र जनवादी गणतन्त्र चीनको १० दिने औपचारिक भ्रमण सम्पन्न गरेर आज (बिहीबार) साँझ स्वदेश फर्किएकी छन् । जनवादी गणतन्त्र चीनको जियाङ्सु प्रान्तको राजधानी नानजिङमा भएको दोस्रो ग्लोबल साउथ थिंक ट्याङ्क संवादमा भाग लिएर उपाध्यक्ष घिमिरे स्वदेश फकिएकी हुन् ।
चीन भ्रमणका क्रममा राष्ट्रियसभाका उपाध्यक्ष घिमिरेले जनवादी गणतन्त्र चीनको चिनियाँ जनराजनीतिक परामर्शदात्री सम्मेलनका उपाध्यक्ष बातरसँग बेइजिङमा भेटवार्ता गरेकी थिइन् । भेटवार्ताका क्रममा नेपालको सार्वभौमसत्ता, भौगोलिक अखण्डता र राजनीतिक स्वतन्त्रताप्रति चीनको निःशर्त सम्मानको नेपालले कदर गर्ने बताउँदै ‘नेपाल एक चीन सिद्धान्तप्रति आफ्नो प्रतिबद्धतामा अडिग रहेको तथा चीनको हित विरुद्ध कुनै पनि गतिविधि हुन नदिने प्रतिबद्धता दोहोर्याएकी थिइन् । उनले कार्तिक २८ देखि ३० गते सम्म भएको दोस्रो ग्लोबल साउथ थिंक ट्याङ्क संवादमा सम्बोधन गरेकी थिइन् ।
उपाध्यक्ष घिमिरेले भ्रमणका क्रममा जियाङ्सु, बेइजिङ र हुबेई प्रान्तको भ्रमण पनि गरेकी थिइन् । उपाध्यक्ष घिमिरे कार्तिक २७ गते चीन प्रस्थान गरेकी थिइन् । उपाध्यक्ष घिमिरेसँगै उनका श्रीमान् दुर्गाप्रसाद आचार्य र स्वकीय सचिव प्रेमबहादुर सिंह पनि भ्रमणमा सहभागी भएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुरक्षा निकायसँग सम्बन्धित ऐन–कानुन बनाउँदा सरकार दुई तिहाइको दम्भमा बस्नु हुँदैन : नेता साउद
-
प्रचण्डद्वारा रिंकु सदाको मृत्युबारे प्रजिअ र सुरक्षा प्रमुखसँग छलफल
-
नेपाल र जापानबिचको सम्बन्ध झन् घनिष्ट : उपराष्ट्रपति यादव
-
कांग्रेस नेता शेखर कोइराला रुपन्देहीमा
-
नेपाल बार निर्वाचन : सर्वोच्च बारकै गठबन्धन कि कांग्रेस एक्लै ?
-
उचालिएकै भरमा निर्णय गर्न नहुने दृष्टान्त युक्रेन घटनाले सिकायो : उपमहासचिव ज्ञवाली