राष्ट्र बैंकका कार्यकारी निर्देशक देवकुमार ढकालको अवकाश
काठमाडौँ । नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक देवकुमार ढकालको अवकाश भएको छ । बिहीबारदेखि लागू हुनेगरी उनी अनिवार्य अवकाशमा गएका हुन् ।
नेपाल राष्ट्र बैङ्कमा तीस वर्षे सेवा अवधि र ५८ वर्ष उमेर हद अनुसार अनिवार्य अवकाशको व्यवस्था छ । त्यस्तै, प्रथम श्रेणीका कर्मचारीदेखि माथिल्लो पदका लागि सेवा अवधिका आधारमा समेत अवकाशको व्यवस्था छ । जसअनुसार निर्देशक तहका लागि १२ वर्ष र कार्यकारी निर्देशक तहका लागि ७ वर्षको उमेर हद तोकिएको छ ।
ढकाल भने उमेर हदका कारण आजदेखि अवकाश पाएको राष्ट्र बैंकका सहायक सूचना अधिकारी भागवत आचार्यले जानकारी दिए । अवकाशको एक महिना अघिदेखि बिदा बस्ने व्यवस्था अनुसार उनी एक महिनाअघि देखि नै जिम्मेवारीबाट अलग भएका थिए ।
राष्ट्र बैङ्कमा रहँदा उनले नियमन, सुपरिवेक्षण, भुक्तानी प्रणाली लगायत महत्त्वपूर्ण विभागका साथै प्रवक्ताको जिम्मेवारी समेत सम्हालेका थिए । ढकाल गभर्नर महाप्रसाद अधिकारीको विश्वासपात्रको रूपमा समेत चिनिएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दलित युवामाथि अत्याचार गरेको भन्दै गृहमन्त्री लेखकविरुद्ध प्रदर्शन (तस्बिरहरू)
-
फिल्म ‘हन्टर’मा यस्तो छ अरुणको लुक्स
-
‘डिपोर्ट’ गरिएका १०४ भारतीय नागरिक लिएर अमृतसर आइपुग्यो अमेरिकी सेनाको विमान
-
एक घण्टा थाल ठटाएर विरोध प्रदर्शन, तस्बिरहरू
-
अमेरिकाले विदेश सहायता काट्दा किन खुसी भयो इरान ?
-
‘एक्टरः टेक वन’ हेरेपछि पूर्वमन्त्री झाँक्री : हाम्रो अदालत प्रोएक्टिभ छ