फिनल्यान्ड, स्विडेन र नर्वेले जारी गरे युद्ध अलर्ट, रुसी हमलाबाट बच्नका लागि नागरिकलाई अनुरोध

हेल्सिन्की । रुस र युक्रेनबिच तनाव बढेपछि ३ वटा नर्डिक देशले युद्धसम्बन्धी चेतावनी जारी गरेका छन् । नर्वे, फिनल्यान्ड र डेनमार्कले आफ्ना नागरिकहरूलाई अत्यावश्यक वस्तुहरूको भण्डारण गर्न र आफ्ना सैनिकहरूलाई पनि युद्धका लागि तयार गर्न निर्देशन दिएका छन् ।
यी देशको सिमाना रुस र युक्रेनसँग जोडिएको छ । युक्रेनमा आणविक हमला भएमा यी देश प्रभावित हुन सक्छन् । त्यसैले नर्वेले आफ्ना नागरिकहरूलाई युद्धको चेतावनी दिने पर्चाहरू बाँडेर सतर्क गराएको छ ।
स्विडेनले पनि आफ्ना ५२ लाखभन्दा बढी नागरिकलाई पर्चा पठाएको छ । उसले आणविक युद्धका बेला विकिरणबाट जोगाउन प्रयोग हुने आयोडिन ट्याब्लेटहरू राख्न निर्देशन दिएको छ । तनावबिच अमेरिकाले बुधवार युक्रेनको राजधानी किभमा रहेको आफ्नो दूतावास बन्द गरेको छ । यसबाहेक इटाली, ग्रीस र स्पेनले पनि कीभ दूतावास एकदिन बन्द गर्ने निर्णय गरेका छन् ।
दूतावासका कर्मचारीलाई सुरक्षित स्थानमा जान आग्रह
अमेरिकी दूतावासले आफ्ना कर्मचारीहरूलाई सुरक्षित स्थानमा बस्न आग्रह गरेको छ । यससँगै युक्रेनमा बसोबास गर्ने अमेरिकी यात्रुहरूलाई पनि सावधानी अपनाउन भनिएको छ र कुनै खतरा भएमा सुरक्षित स्थानमा जान तयार रहन सुझाव दिइएको छ । बाइडेन प्रशासनले तीन दिनअघि युक्रेनलाई रुसमा लामो दुरीको मिसाइल प्रयोग गर्न अनुमति दिएको थियो । त्यसयता दुई देशबिच तनाव बढेको छ ।
बिजुली काटिएको अवस्थामा पावर ब्याकअप कायम गर्न निर्देशन
फिनल्याण्डको रुससँग १३४० किलोमिटरभन्दा बढी सिमाना जोडिएको छ । फिनल्यान्ड सरकारले युद्धको अवस्थामा आम जनतालाई मद्दत गर्न नयाँ वेबसाइट सुरु गरेको छ । फिनल्याण्डले आफ्ना नागरिकहरूलाई युद्धको कारणले हुने बिजुली आपूर्ति ठप्प हुने स्थितिको सामना गर्न ब्याक–अप बिजुलीको स्रोत राखिराख्न आग्रह गरेको छ । मानिसहरूलाई थोरै ऊर्जामा पकाउने तयारी खानाहरू राख्न पनि आग्रह गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
८ मिनेटभित्र २ गोल गरेपछि हारबाट जोगियो युनाइटेड
-
ताप्लेजुङमा फेरि प्रहरी र आन्दोलनकारीबिच झडप, दुई जना घाइते
-
अतीतमा गाँसिदै बनेका आठ महिला कलाकारका कला
-
साविक विजेता मच्छिन्द्र बागमती गोल्डकपको फाइनलमा
-
नयाँ शक्तिद्वारा ३ महिने सांगठनिक अभियान प्रस्ताव
-
माधव नेपाललाई झलनाथको प्रश्न : समाजवादका नाउँमा जनतालाई किन ठग्ने ?