मेडिसिटीमा बिरामीको मृत्यु : आफन्त भन्छन्– अस्पतालको लापरबाही

काठमाडौँ । ललितपुरको भैँसेपाटीस्थित मेडिसिटी अस्पतालमा मिर्गौला प्रत्यारोपण गरेका इलामका ३८ वर्षीय सरोज सुब्बा लिम्बूको मंसिर १ गते मृत्यु भयो ।
मिर्गौला प्रत्यारोपणपछिको नियमित चेकअपका क्रममा मृत्यु भएपछि आफन्तले अस्पतालको गम्भीर लापरबाही भएको बताएका छन् ।
आफन्त कुमार लिम्बूका अनुसार सरोजको असोज ६ गते मेडिसिटीमा मिर्गौला प्रत्यारोपण गरिएको थियो । प्रत्यारोपणपछि एक हप्ताको अस्पताल बसेर उनी घर फर्किएका थिए ।
त्यसपछि नियमित फलोअपमा रहेकै बेला मिर्गौलामा इन्फेक्सन भएको अस्पतालले रिपोर्ट दिएको थियो । तर मृत्युको कारण चित्त नबुझेको भन्दै सरोजका आफन्तले शव बुझ्न मानेका छैनन् । कुमारले भने, ‘यहीँका डाक्टरको परामर्शमा मिर्गौला फेरिएको हो । फेरेको हप्तादिनमा झन् स्वास्थ्य समस्या आएपछि फलोअपमा ल्याएको हो । त्यतिबेला पनि गम्भीर समस्या छ किन भनिएन ?’
डिस्चार्ज भएर घर पुगेको हप्ता दिनपछि पिसाबबाट रगत जाने, खुट्टा टेक्न नसक्ने, आँखा सुन्निने जस्ता समस्या देखिएको कुमारले बताए ।
कुमारले बताएअनुसार प्रत्यारोपण गरिएको मिर्गौलामा समस्या देखिएको भन्दै कार्तिक २१ गते अस्पतालले सरोजको मिर्गौला झिकेको थियो । कुमारले भने, ‘अस्पतालले उपचारमा गल्ती गरेको छ । अर्काको शरीरको मिर्गौला त्यति सजिलै निकाल्न कसरी पाइयो ? प्रत्यारोपण गरिएको मिर्गौला किन झिकियो ? ’
अस्पतालले भने उपचारमा कुनै गल्ती नभएको प्रतिक्रिया दिएको छ । मेडिसिटीका मेडिकल सुपरिटेन्डेन्ट डा. राज राणाका अनुसार सरोजका आफन्तले लगाएको कुनै पनि आरोपमा सत्यता छैन ।
‘प्रत्यारोपण सफल भएर बिरामीको डिस्चार्ज गरेका हौँ । तर केही समयमा मिर्गौला जोडिएको नलीमा समस्या भएको पाइएपछि मिर्गौला झिकिएको थियो,’ उनले भने, ‘मेडिकलले गर्ने नै त्यही हो । इन्फेक्सन शरीरभरि फैलिएकाले उपचार भने सम्भव भएन । हरेक उपचारमा परिवारको सहमति अनिवार्य लिएकाले यसमा अस्पताललाई दोष लगाउन मिल्दैन ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कर्णाली प्रतिष्ठानको निमित्त उपकुलपतिमा डा. धामी
-
शर्मा बीपी कोइराला प्रतिष्ठानको निमित्त उपकूलपति
-
पर्यटकको रोजाइमा विचित्र गुफा
-
न्यायाधीश नियुक्तिका लागि न्याय परिषद् बैठक बस्दै
-
रविको बन्दी प्रत्यक्षीकरण रिटको पेसी सोमबार
-
जेलेन्स्कीले भने-३० घण्टे युद्धविराममा रुसले १३ सय ५५ पटक गोलाबारी गर्यो, दुई हजार पटक उल्लंघन