नेपाल एयरलाइन्सको अन्तर्राष्ट्रिय टिकटमा ५ हजार छुट
बिहीबार, ०६ मङ्सिर २०८१, १६ : ३२

काठमाडौँ । नेपाल एयरलाइन्सले अन्तर्राष्ट्रिय टिकटमा ५ हजारसम्म छुटको घोषणा गरेको छ ।
एयरलाइन्सले दोहा, दुबई, दमाम, क्वालालम्पुर, हङकङ, बैंकक र नारिता सेक्टरको लागि बजार भाडादरमा ५ हजार छुट दिने बताएको छ । त्यस्तै दिल्ली, मुम्बई र बैंगलोर सेक्टरको लागि २५ सयसम्म छुट दिइने कम्पनीले जनाएको छ ।
उक्त छुट जहाजको सिटअनुसार पहिले आउनेलाई प्राथमिकताको आधारमा उपलब्ध गराइने कम्पनीले जनाएको छ ।
छुट पाउनको लागि यात्रु स्वयं परिचयपत्रसहित उपस्थित हुनुपर्ने नेपाल एयरलाइन्सका प्रवक्ता रमेश पौडेलले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भूमि समस्याको स्थायी समाधान गर्ने संघीय र सात वटै प्रदेशका भूमि मन्त्रीको प्रतिबद्धता
-
बर्सेनि करिब १५ प्रतिशतले पुष्प व्यवसाय वृद्धि
-
प्रतिगमनकारी तथा पुनरुत्थानवादीका कुकर्मको नाङ्गेझार पार्न अपिल
-
सेयर बजारमा लगातार छैटौँ दिन गिरावट, कारोबार पनि घट्यो
-
श्रम बजारको व्यवस्थापन गर्न नसक्दा युवा जनशक्ति वैदेशिक श्रम बजारको चपेटामा पर्यो : मन्त्री भण्डारी
-
कर्णाली र मधेस सरकारमा कांग्रेस किन असन्तुष्ट ?