रुसले हानेको लामो दूरीको क्षेप्यास्त्रका कारण युक्रेनमा कम्तीमा १५ जना घाइते

किभ । बिहिबार बिहान रुसले युक्रेनमा लामो दूरीको क्षेप्यास्त्र हानेको थियो । रुसले द्निप्रोपेट्रोभ्स्क क्षेत्रलाई ताकेर अन्तरमहादेशीय ब्यालिष्टिक मिसाइल हानेको हो ।
यसअघि आईसीबीएम प्रहार गरेको भन्दै युक्रेनी सेनाको आरोपमा आफूलाई भन्नु केही नभएको रुस सरकारका प्रवक्ता डिमिट्री पेस्कोभले भनेका थिए । तर पछि रुसको रक्षा मन्त्रालयले आफ्नो सेनाले बेलायतमा बनेको २ थान स्टोर्म स्याडो मिसाइल प्रहार गरेको बताएको थियो ।
तर मन्त्रालयले यो क्षेप्यास्त्र कहिले र कहाँबाट प्रहार गरिएको हो भन्नेबारे चाहिँ कुनै जानकारी दिएको छैन । द्निप्रोपेट्रोभ्स्कका क्षेत्रीय प्रमुख शेह्री ल्यस्कले चाहिँ आक्रमणका कारण क्रिभी र्ही क्षेत्रमा कम्तीमा १५ जना घाइते भएको बताएका छन् । घाइते हुनेमा किशोर किशोरी पनि भएको उनले बताएका छन् । ९ जनाको अस्पतालमा उपचार भइरहेको र उनीहरूको स्वास्थ्य अवस्था अज्ञात रहेको बताइएको छ ।
पश्चिमलाई सन्देश
अमेरिकाले युक्रेनलाई दिएको लामो दूरीका क्षेप्यास्त्र रुस भूभागमा प्रयोग गर्ने अनुमति दिएको थियो । अमेरिकाको यो अनुमति पाएपछि युक्रेनले पनि रुसमाथि लामो दूरीको मिसाइल हानेको थियो । अमेरिकाले युक्रेनलाई यस्तो अनुमति दिनुलाई रुस–युक्रेन युद्धमा प्रत्यक्ष होमिएको रूपमा रुसले अर्थ्याएको छ । युक्रेनले बेलायतले दिएको लामो दूरीको क्षेप्यास्त्र पनि हानेको थियो ।
आक्रमण युक्रेनले गरेको भएपनि यो दाता देशले नै गरेको मानिने चेतावनी रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले स्पष्टसँग दिइसकेका छन् । रुसले यो आक्रमण युक्रेनलाई भरथेग गर्दै आएका पश्चिमी देशहरूका लागि सन्देश हुन सक्ने विश्लेषणहरू आइरहेका छन् । रुसको पछिल्लो कदम पश्चिमी देशहरूलाई पछि हट्न दिएको धम्की भएको अष्ट्रेलियन स्ट्राटेजिक पोलिसी इन्ष्टिच्यूटमा वरिष्ठ विश्लेषक मालकोम डेभिसले सीएनएनलाई भनेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे, १२ समाचार : फुङलिङमा आन्दोलनरत पक्ष र प्रहरीबीच झडपदेखि कुलमान र उर्जामन्त्री खड्काबीच चुलिँदो विवादसम्म
-
देशलाई समृद्ध बनाउने मुख्य आधार युवा जनशक्ति : स्वास्थ्यमन्त्री पौडेल
-
झापा–११ सेमिफाइनलमा प्रवेश
-
इटहरी गोल्डकपः उपाधि काठमाडौंको मच्छिन्द्र क्लबलाई
-
युरोपेली आगोगकी अध्यक्ष भोन डेर लेयेनले आगामी हप्ता भारत भ्रमण गर्ने
-
राष्ट्रिय फुटबल प्रतियोगिताको सेमिफाइनल समीकरण पूरा