नेकपा बहुमतको नवौं महाधिवेशन माघ ४ गतेदेखि काठमाडौँमा

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (बहुमत)ले आगामी माघ ४ गतेदेखि नवौं महाधिवेशन गर्ने भएको छ ।
बिहीबार राजधानीमा पत्रकार सम्मेलनको आयोजना गरेर पार्टीको हालै बसेको केन्द्रीय समिति बैठकले काठमाडौँमा महाधिवेशन गर्ने निर्णय गरेको जानकारी दिइएको हो ।
पार्टी महासचिव धर्मेन्द्र बास्तोला ‘कञ्चन’ ले महाधिवेशनमा वैचारिकरुपमा वैज्ञानिक समाजवादको कार्यदिशा, राजनीतिकमा स्वाधीन संयुक्त सरकार, त्यसको सारमा राज्यप्रणाली, आर्थिक संरचनालगायतका विषयमा छलफल हुने जानकारी दिए । उनले दलाल संसदीय पुँजीवादी व्यवस्थाकै कारण जनतामाथि वित्तिय शोषण, जनताको सम्पत्तिको दोहन, मिटर ब्याजविरुद्ध चरणबद्ध आन्दोलन गर्ने बैठकले निर्णय गरेको समेत बास्तोलाले पत्रकार सम्मेलनमा जानकारी दिए ।
अर्को प्रसंगमा महासचिव बास्तोलाले अहिलेको व्यवस्था संकटमा परेको बताउँदै समाधानको लागि स्वाधिन संयुक्त सरकार विकल्प भएको बताए । उनले अहिले देश पराधिन अवस्थामा पुगेको समेत बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भाटभटेनीमा ढुङ्गा हानेर राजतन्त्र फर्किँदैन, दुर्गा प्रसाईं गुन्डा नाइके हो : गुरुङ
-
नेप्से सीईओसँग अन्तर्वार्ता : नयाँ स्टक एक्सचेन्जबारे अहिले नै धारणा बनाएसकेको छैन
-
थाइल्याण्डमा प्रधानमन्त्री ओलीलाई स्वागत (तस्बिरहरु)
-
‘पाटन फेस्ट’मा दुर्गेशसहित को–कसले दिँदै छन् प्रस्तुति ?
-
दोस्रो खेलमा पनि पाकिस्तानलाई हराउँदै शृंखला आफ्नो पक्षमा पार्यो न्युजिल्यान्डले
-
चैत १५ गतेको घटनामा मृत्यु भएका सुरेश रजकको परिवारलाई ५ लाख दिने मीनबहादुरको घोषणा