विश्व बैंकको सहकार्यमा प्रादेशिक तथा स्थानीय तह सडक सुधार कार्यक्रम सुरु, १७ अर्ब १५ करोड लागत
![विश्व बैंकको सहकार्यमा प्रादेशिक तथा स्थानीय तह सडक सुधार कार्यक्रम सुरु, १७ अर्ब १५ करोड लागत](https://npcdn.ratopati.com/media/news/deputy-pm-and-moud-min-prakash-man-singh-holds-the-plrip-project-appraisal-document_ktui9Lzeff.jpg)
काठमाडौँ । विश्व बैंक र नेपाल सरकारको संयुक्त पहलमा प्रादेशिक तथा स्थानीय तह सडक सुधार कार्यक्रमको पहिलो खण्ड कार्यान्वयन सुरु भएको छ ।
आजबाट सुरु भएको कार्यक्रमको लागत १७ अर्ब १५ करोड रुपैयाँ रहेको छ । यो कार्यक्रमले सडक सुधार र सुरक्षामा विशेष भूमिका खेल्ने दुवै पक्षले अपेक्षा गरेका छन् । तीन खण्डमा कार्यान्वयन गरिने यो कार्यक्रम कर्णाली, सुदूरपश्चिम र मधेश प्रदेशका विभिन्न स्थानमा लागू हुनेछ ।
प्रदेश र स्थानीय तहसँगको समन्वयमा यो कार्यक्रम सहरी विकास मन्त्रालयले कार्यान्वयन गर्नेछ । पहिलो खण्डमा १८० किलोमिटर सडकको स्तरोन्नति गरिने छ । यसमा १०० किलोमिटर सडक बाह्रै महिना सञ्चालन हुन योग्य बनाइनेछ । यसअन्तर्गत पर्ने पुलको मर्मत सम्भार, स्तरोन्नति तथा निर्माण पनि गरिने विश्व बैंकले जनाएको छ ।
विश्व बैंकको नेपाल, माल्दिभ्स र श्रीलंकाका क्षेत्रीय निर्देशक डेभिड सिस्लनले नेपाल सरकारसँग मिलेर सडक स्तरोन्नतिमा गरिने प्रगतिले लाखौँ नेपालीलाई लाभान्वित बनाउने बताएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ट्रम्पको थप 'उट्पट्याङ' : गाजामा प्यालेस्टाइनीलाई नराख्नेदेखि अमेरिका छिर्ने स्टील र आल्मुनियममा २५ प्रतिशत करसम्म
-
इजरायली बन्धकबारे हमासले दियो कडा चेतावनी, इजरायलले सम्झौता उल्लंघन गरेको आरोप
-
१२ बजे, १२ समाचार : अख्तियारका सचिवलाई अर्थ मन्त्रालयको जिम्मेवारीदेखि ड्युटीका प्रहरी कुट्ने अखिल नेतालाई उन्मुक्तिसम्म
-
इभी माइक्रोको ठक्करले एक जनाको मृत्यु, एक घाइते
-
पाथीभरा केबलकारको विवाद वार्ता र सहमतिबाटै समाधान गरिनुपर्छः गृहमन्त्री लेखक
-
प्रधानमन्त्री ओलीलाई पदमुक्त गर्न माग गर्दै सर्वोच्चमा निवेदन दर्ता