सोमबार, ०८ पुस २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

‘तेल भिसा’ले कति पाउँदै देशभर सो ?

बिहीबार, ०६ मङ्सिर २०८१, १३ : ५०
बिहीबार, ०६ मङ्सिर २०८१

काठमाडौँ । ‘तेल भिसा’ शुक्रबारबाट प्रदर्शनमा आउने फिल्म हो । फिल्मको अग्रिम टिकट बुकिङ खुल्ला भएको छ । फिल्मले देशभर करिब डेढ सय सो पाएको छ ।

 केही साता अगाडि रिलिज ‘पूर्णबहादुरको सारङ्गी’ र अघिल्लो साताको ‘ह्रस्व दीर्घ’ प्रदर्शनरत रहँदा रहँदै पनि फिल्मले राम्रो सो पाएको हो ।

शंकर घिमिरेले १२ पछि निर्देशनमा कमव्याक गरेको फिल्मलाई देशकै ठुलो मल्टिप्लेक्स चेन क्युएफएक्सले काठमाडौँ उपत्यकामा २५ सो अनि मोफसलमा २५ सो  दिएको छ । 

चेन आइएनआई सिनेमाजले ९ सो, वान सिनेमाजले ७ सो, एफक्युबले ६ सो, बिग मूभिजले ४ सो, बिएसआर मूभिजले ३ सो, रञ्जना सिनेप्लेक्सले ५ सो, सिके सिनेमाजले ३ सो, सिने डी सेफले ४ सो  कृतिपुर र सिनेप्लेक्सले १ सो उपलब्ध गराएका छ । 

सिंगल थियटरमा समेत फिल्मले राम्रो सो पाएको निर्माता युनिटले जनाएको छ । फिल्मको प्रदर्शनपछि वर्डअफ माउथ राम्रो भएमा सो बढ्दै जाने छ । 

शंकर घिमिरेकै लेखन रहेको फिल्ममा अभिनेता विपिन कार्कीको दोहोरो भूमिका छ । विपिनसँगै वर्षा राउत, पूजा चन्द, ऋचा घिमिरे, बुद्धि तामाङ, सुचित्रा उप्रेती लगायतको अभिनय फिल्ममा देख्न सकिन्छ ।

वेलडन क्रियसनको ब्यानरमा ऋचा घिमिरेको प्रस्तुति रहेको फिल्म अनिल पाण्डे र शिवराज कार्कीले मिलेर निर्माण गरेका हुन् । प्रिन्स युवराज कार्की र श्रुति दाहाल कार्यकारी निर्माता रहेको फिल्ममा सुशन प्रजापतिको छायाङ्कन, रामजी लामिछाने र शिशिर खातीको कोरियोग्राफी, आशिष अविरल, कल्याण सिंह र कृष्ण भारद्वाजको संगीत र अजय खड्काको सम्पादन छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप