क्यानडाको पत्रिकामा निज्जर हत्यासँग सम्बन्धित खबरबारे भारतले दियो यस्तो जवाफ

नयाँ दिल्ली । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई हरदीप सिंह निज्जरको हत्याको षड्यन्त्रबारे पहिल्यै थाहा थियो भन्ने क्यानडाली पत्रिकाको आरोपलाई भारतले खण्डन गरेको छ । क्यानडाको अखबार द ग्लोब एन्ड मेलले अधिकारीको नाम नलिई एक खबरमा मोदीलाई निज्जरको हत्याको षड्यन्त्रबारे पहिले नै जानकारी रहेको दाबी गरेको थियो ।
‘सामान्यतया हामी सञ्चार माध्यममा छापिएका खबरबारे कुनै बयान दिँदैनौँ । तर, हामी क्यानडा सरकारको स्रोतलाई उद्धृत गर्दै पत्रिकामा प्रकाशित समाचारलाई हामी अस्वीकार गर्छौ । यस्तै खाले कुराले गर्दा दुई देशबिचको सम्बन्ध पहिला देखि नै तनावपूर्ण छ ।’ यस समाचारबारे सोध्दा परराष्ट्र मन्त्रालयका प्रवक्ता रणधीर जैसवालले भनेका छन् ।
गत वर्ष खलिस्तान समर्थक क्यानेडियन नागरिक हरदीप सिंह निज्जरको हत्या भएको थियो । क्यानडाले यस मामिलामा भारतको भूमिकामाथि सार्वजनिक रूपमा प्रश्न उठाएको थियो । निज्जरलाई सन् २०२३ को जुन १८ मा क्यानडाको एउटा गुरुद्वाराको पार्किङ स्थलमा आक्रमणकारीहरूले गोली हानी हत्या गरेका थिए । निज्जर क्यानडाको भ्यानकुभरमा रहेको गुरु नानक सिख गुरुद्वाराका अध्यक्ष पनि थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
योगी आदित्यनाथ बन्लान् नरेन्द्र मोदीको उत्तराधिकारी ?
-
यस्तो छ आज सागसब्जी र फलफूलको मूल्य
-
बाढीले क्षतिग्रस्त सडकको ठेक्का खुल्यो, पुलको किन खुलाइएन ?
-
आज विश्व ‘अटिजम’ जागरूकता दिवस, विविध कार्यक्रमका साथ मनाइँदै
-
नवरात्र सुरु भएसँगै कालिका मन्दिरमा पर्यटक बढे
-
प्रधानमन्त्री ओली र थाइल्याण्डका प्रधानमन्त्री सिनावातबिच आज भेटवार्ता हुँदै