कराँतेको प्रशिक्षक प्रशिक्षण कार्यक्रम शनिवारदेखि
बिहीबार, ०६ मङ्सिर २०८१, १२ : ३०

काठमाडौँ । काठमाडौँ जिल्ला कराँते महासङ्घको आयोजना तथा काठमाडौँ जिल्ला सितोरियो कराँते सङ्घको संयोजनमा राष्ट्रिय एलिट कराँते प्रशिक्षक प्रशिक्षण कार्यक्रम शनिवारदेखि सुरु हुने भएको छ ।
प्रशिक्षणमा करिब एक सय ५० जना प्रशिक्षकको सहभागिता रहने जानकारी आयोजक महासङ्घका अध्यक्ष ज्ञानबहादुर जिम्बाले दिए । सहभागीलाई कराँतेका मुख्य प्रशिक्षक दीपक श्रेष्ठ र करातेका पूर्वमुख्य प्रशिक्षक महेशकुमार श्रेष्ठले प्रशिक्षण दिनेछन् ।
उनीहरूलाई काठमाडौँ जिल्ला सितोरियो कराँते संघका अध्यक्ष एवं शंखडोल कराँते एकेडेमीका प्रमुख प्रशिक्षक शिवराम कारन्जितले सहयोग गर्नेछन् । सहभागीलाई सुलोचना सिजाख्वा र शिवराज भट्टले खुराक, खेलकुद मनोविज्ञान र खेलकुद विज्ञानसम्बन्धी ज्ञान दिनेछन् । तीन दिने प्रशिक्षण जोरपाटीस्थित शंखडोल कराँते एकेडेमीमा हुनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बैतडीमा गोली चल्यो, २२ वर्षीय युवक घाइते
-
१० बजे १० समाचार : ह्वाइट हाउसमा चर्काचर्की, काठमाडौँ महानगरमा असन्तुष्टि
-
अरुण प्रवेश मार्ग : रकम अभावपछि मुआब्जा वितरण रोकियो
-
सिन्धुलीमा चट्याङ लागेर तीन जना घाइते
-
एमाले मोरङको अधिवेशनमा आएनन् ओली र पोखरेल, बादलले गरे उद्घाटन
-
भीम विराग प्रतिष्ठानद्वारा विभिन्न विधाका ११ जना सम्मानित