अदालत
जसपा नेपाल विभाजनविरुद्धको रिट ‘हेर्न नमिल्ने’
बिहीबार, ०६ मङ्सिर २०८१, १२ : १५

काठमाडौँ । उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी (जसपा) नेपाल विभाजनविरुद्ध दायर भएको रिट निवेदनमा बिहीबार सुनुवाइका लागि पेसी तोकिए पनि ‘हेर्न नमिल्ने’मा परेको छ।
सर्वोच्च अदालतका पूर्ण इजलासमा पेसी तोकिएको उक्त रिट ‘हेर्न नमिल्ने’ भएको हो । न्यायाधीशहरू हरिप्रसाद फुयाल, टेकप्रसाद ढुंगाना र सुनिलकुमार पोखरेलसहितको पूर्ण इजलासमा पेसी तोकिएको थियो ।
जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवले दायर गरेको उक्त रिट गत भदौ १३ गते सर्वोच्च अदालतको संयुक्त इजलासले पूर्ण इजलासमा पठाएको थियो । पूर्ण इजलासमा दुई पटक पेसी तोकिए पनि दुवै पटक ‘हेर्न नमिल्ने’ भएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रेशम चौधरी पक्राउ परेपछि नागरिक उन्मुक्ति र जनमत पार्टीबिच एकता घोषणा कार्यक्रम स्थगित
-
फैसला कार्यान्वयनका लागि रेशमलाई पक्राउ गरेका हौँ : प्रहरी
-
ट्रम्पले अमेजनका मालिक बेजोसलाई किन बोलाए ?
-
आजपाले बुझायो लोकसेवा आयोगमा ज्ञापनपत्र
-
बिहीबारदेखि पठनपाठन हुने वातावरण बन्छ : सत्ता गठबन्धन
-
विदेशी विद्यार्थीको कानुनी मान्यता अन्त्य गर्ने यस्तो छ ट्रम्प प्रशासनको योजना