‘पूर्णबहादुरको सारङ्गी’ ले अहिलेसम्म कति कमायो ?
बिहीबार, ०६ मङ्सिर २०८१, १० : ५६

काठमाडौँ । फिल्म ‘पूर्णबहादुरको सारङ्गी’ आज बिहिबारबाट प्रर्दशनको चौथो सातामा प्रवेश गरेको छ । प्रदर्शनको सुरुदेखिनै आक्रमक कमाई गरिरहेको फिल्मले स्वदेशी बक्सअफिसमा मंगलबारसम्म ३७ करोडको व्यवसाय गरेको वितरक करण श्रेष्ठले बताए ।
फिल्म अहिले पनि करिब ३०० शोसहित प्रदर्शनरत छ । फिल्मको बुधबारको कमाई आउन बाँकी छ । बुधबार फिल्मले करिब एक करोड बढी व्यवसाय गरेको अनुमान गरिएको छ ।
विजय बराल, अञ्जना बराइली, मुकुन भुसाल, प्रकाश सपुत, माओत्से गुरुङ, बुद्धि तामाङ, विनोद न्यौपानेको अभिनय रहेको यो फिल्मले बाबुले छोराको भविष्यका लागि गर्ने संघर्ष र त्यागको कथा उठाएको छ ।
फिल्म सेभेन सिज इन्टरटेनमेन्टले १ करोड ३० लाख लगानीमा निर्माण गरेको हो । फिल्मको विदेशमा समेत राम्रो व्यवसाय गरिरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
४५ सेकेण्डको विज्ञापनका लागि अल्लु अर्जुनलाई कसले दियो ३०० करोड ?
-
राष्ट्रपतिको ठाउँमा राजा ल्याउने सपना
-
रवि लामिछाने ओली र देउवासँग मिलेको मुकुलको दाबी
-
निजी विद्यालयलाई सम्पत्तिको हक छ, ढुक्क भएर लगानी गर्नुहोस् : प्रधानमन्त्री ओली
-
भूमि समस्याको स्थायी समाधान गर्ने संघीय र सात वटै प्रदेशका भूमि मन्त्रीको प्रतिबद्धता
-
बर्सेनि करिब १५ प्रतिशतले पुष्प व्यवसाय वृद्धि