टेक्सास राज्यले आप्रवासीहरूलाई बस्नका लागि जग्गा उपलब्ध गराउने
बिहीबार, ०६ मङ्सिर २०८१, १० : ४६

वासिङ्टन डीसी । अमेरिकामा राष्ट्रपतिमा निर्वाचित भएका पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पलाई अमेरिकाको टेक्सास राज्यका अधिकारीहरूले अवैध आप्रवासीहरूलाई बस्नका लागि जग्गा उपलब्ध गराउने बताएका छन् ।
अमेरिका–मेक्सिको सिमानामा अवैध आप्रवासीहरुलाई शिविर बनाउन करिब १ हजार ४०० एकड जमिन दिने प्रस्ताव उनीहरूले गरेका छन् ।
‘अमेरिकाको इतिहासका हिंस्रक अपराधीहरूलाई देशबाट बाहिर निकाल्न, उनीहरूमाथि अभियोग चलाउन वा हिरासतमा राख्न यस भूमिमा क्याम्प बनाउन सकिन्छ ।’
टेक्सासको ल्यान्ड डिपार्टमेन्टका एक अधिकारीको पत्रमा भनिएको छ । जनवरी २० मा ट्रम्पले दोस्रो पटक अमेरिकी राष्ट्रपतिको रूपमा पदभार ग्रहण गर्नेछन् । अवैध आप्रवासीलाई लिएर कडा नीति अपनाउने कुरा ट्रम्पले यसअघि नै बारम्बार गरिसकेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
संरक्षणको पर्खाइमा सेकुङ ताल
-
इटालियन सिरी’एमा इन्टर मिलानको ‘सहज उपाधि यात्रा’मा धक्का
-
प्रिमियर लिगको उपाधि उचाल्न लिभरपुलले अझै कुर्नु पर्ने, आर्सनल जित्दा फेरियो माहोल
-
वानखेडेमा मुम्बईको शानदार जित, चेन्नई हेरेको हेर्यै
-
मनाङमा मोटर चलेको १५ वर्षपछि सार्वजनिक बस सेवा सञ्चालन
-
१२ बजे, १२ समाचार : राप्रपा नेता धवलशमशेरलाई हाजिर जमानीमा छाडियोदेखि रविकी पत्नी निकिताले दायर गरिन् रिटसम्म