शुक्रबार, २६ पुस २०८१
ताजा लोकप्रिय

बालबालिकालाई सामाजिक सञ्जालबाट टाढा राख्न अस्ट्रेलियाको संसदमा विधेयक पेस

बिहीबार, ०६ मङ्सिर २०८१, १० : ४०
बिहीबार, ०६ मङ्सिर २०८१

क्यानबेरा । अस्ट्रेलियामा संसद्को तल्लो सदनमा एउटा विधेयक पेस भएको छ । यसअन्तर्गत १६ वर्ष मुनिका बालबालिकालाई सामाजिक सञ्जालको प्रयोगमा प्रतिबन्ध लगाउने प्रस्ताव गरिएको छ । यो विधेयक बिहीबार पेस भएको हो । 

‘यो प्रतिबन्ध एक्स, टिकटक, फेसबुक र इन्टाग्राममा लागू हुनेछ । सामाजिक सञ्जालबाट हुने हानस्बाट बालबालिकालाई बचाउनको लागि यो विधेयक ल्याइएको हो ।’ अष्ट्रेलियाका प्रधानमन्त्री एन्थोनी अल्बानीजले भनेका छन् ।

अस्ट्रेलियाको नयाँ कानुनले यस्तो प्रतिबन्धको लागि एक रूपरेखा तयार पारेको छ । १७ पृष्ठको यो दस्ताबेज आगामी हप्ता अस्ट्रेलियाको माथिल्लो सदन सिनेटमा पेस गर्न सकिने बताइएको छ । 

अस्ट्रेलियामा धेरै अभिभावकहरूले यो पहललाई स्वागत गरेका छन् । तर, यो विषयमा धेरै विज्ञहरुले प्रश्न पनि उठाइरहेका छन् । बालबालिकालाई सामाजिक सञ्जालबाट टाढै राख्नु पर्ने र त्यसबाट रोक्न सम्भव छ कि छैन भन्ने उनीहरूको भनाइ छ ।

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप