प्रिमियरमा ‘अग्निदहन’को प्रशंसा, कसले के भने ?
काठमाडौँ । शुक्रबारबाट सार्वजनिक प्रदर्शनमा आउने फिल्म ‘अग्निदहन’ बुधबार साँझ प्रिमियर गरिएको छ । सुन्धारस्थित सिभिल मलको हलमा आयोजित प्रिमियरमा कलाकर्मी तथा रंगपत्रकारको बाक्लो उपस्थिती रहेको थियो । प्रिमियरमा हेरेपछि अधिकांशले फिल्मको कथावस्तु मन परेको प्रतिक्रिया दिए ।
निर्देशक नारायण रायमाझीले गाउँमा अझै पनि बोक्सी प्रथा कायमै रहेकाले यस्ता फिल्मको निर्माण अझै हर्नुपर्ने बताए । उनले फिल्मले समाजमा सकारात्मक सन्देश छोड्न महत्त्वपूर्ण भूमिका खेल्ने धारणा राखे ।
राजनीतिकर्मी शङ्कर तिवारीले अधिकांश फिल्ममा समस्या मात्र देखाइने तर समाधान नदेखाइने प्रचलन भइरहेको समयमा ‘अग्निदहन’मा भने गहिराईमा पुगेर समस्या र समाधान दुवै देखाइएको बताए ।
कलाकार वीरेन श्रेष्ठले मान्छेको सोचले उसलाई कुन हदसम्म पुर्याउँछ भन्ने कुरालाई फिल्मले देखाएको बताए । पुरानो कथालाई सटिक ढंगले प्रस्तुत गरिएको फिल्म राम्रो बनेको उनको भनाई थियो ।
निर्देशक तथा कलाकार नरेश पौडेलले फिल्मले समाजमा व्याप्त भयाबह कुरुतीलाई भयानक प्रहार गरेको बताए । उनले यसलाई घिनलाग्दो कुरुतीलाई विद्रोही प्रहारको संज्ञा दिए ।
कलाकार लोकेन्द लेखकले ‘अग्निदहन’ सामाजिक विकृति विसंगति र खासगरी बोक्सी प्रथा विरुद्ध उठाइएको एउटा सशक्त आवाज रहेको बताए । माता सविता आचार्यले फिल्म हेर्दा आफूलाई आँशु आउन खोजेको र डर लागेको बताइन् । उनले वास्तविक पुरै मिलेको भन्दै तारिफ गरिन् ।
कलाकार तेज गिरीले अर्काको लाशमाथि टेकेर पाएको जीवनले मनमा र अर्काको लाशमाथि टेकेर पाएको राजनीतिले जीवनमा कहिल्यै शान्ति मिल्दैन भन्दै तारिफ गरे ।
फिल्मका परिकल्पनाकार तथा प्रस्तुतकर्ता कोविदशरण उपाध्यायले चाँडै नै तराईका भारतसँग सीमाना जोडिएका जिल्लामा पनि फिल्म प्रदर्शन गर्ने जानकारी दिए । ‘हामी जहाँ जहाँ पुग्यौँ सबैले बोक्सी अन्धविश्वास रहेछ भन्नुभयो’, उनले भने । उपाध्यायले आफूहरूले बोक्सी प्रथाविरुद्ध विभिन्न किसिमका काम गरेको बताउँदै फिल्ममार्फत जनतालाई जागरूक गराउन प्रभावकारी हुने भएकाले फिल्म निर्माण गरेको बताए ।
घनश्याम लामिछाने निर्देशित फिल्ममा प्रकाश घिमिरे, प्रमीला तुलाचन, माओत्से गुरुङ, अनुपमा भण्डारी, तुलसी क्षेत्री, विष्णु बास्तोला, तारा बहादुर गुरुङको अभिनय छ ।
फिल्ममा लोकमणि पौडेलको कथा, पटकथा तथा संवाद, कोविदशरण उपाध्यायको परिकल्पना, परिच्छेद सेनको सहायक निर्देशन, दीर्घ गुरुङको छायाङ्कन, दीर्घ खड्काको सम्पादन, शङ्कर पाण्डेको प्रोडक्सन डिजाइन छ ।
नेपालको निवर्तमान राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री केपी शर्मा ओली, निवर्तमान प्रधानमन्त्री पुष्पकमल दाहालले समेत हेरिसकेको यो फिल्मलाई चलचित्र विकास बोर्डले ‘विशेष चलचित्र अवार्ड’ समेत दिइसकेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मस्क अमेरिकाको राष्ट्रपति बन्न सक्लान् ?
-
‘विषाक्त समाजमा बाँच्न डर लाग्छ, मर्न डर लाग्दैन’
-
क्रिकेट मैदान बाहिर युवकलाई कुटेको आरोपमा दुई जना पक्राउ
-
जाडोमा स्विमिङ गर्न सकिने ‘रिफ्रेस रिक्रिएसन सेन्टर’ सञ्चालनमा, ९ करोड लगानी
-
‘अब हाँस्छ अमेरिका २’ सँगै ‘अब सुन्छ अमेरिका’ आयोजना हुने
-
१४८ देशसँग नेपालको व्यापार, ११९ सँग घाटा