खाली पेटमा हिड्दा घट्छ तौल ?
काठमाडौं । मोटोपनबाट ग्रस्त भएका मानिसहरू आफ्नो शरीरलाई पातलो बनाउन जे पनि गर्न तयार हुन्छन् । आजकल धेरैले आफ्नो फिटनेसमा ध्यान दिन थालेका छन् र पेटको बोसो घटाउन धेरै उपाय अपनाइरहेका पनि छन् । बिहान खाली पेटमा छिटो छिटो हिड्दा मोटोपना कम हुन्छ भन्ने धेरैलाई लाग्छ ।
तौल घटाउने उपायका रूपमा खाली पेट हिँड्ने बानी हालै चर्चामा आएको हो । यसलाई ‘फास्टेड कार्डियो’ पनि भनिन्छ । यो अभ्यास तब गरिन्छ जब व्यक्तिले लामो समयसम्म केहि पनि खाएको हुन्न, जस्तै बिहान उठेपछि । वैज्ञानिक दृष्टिकोणले यसो गर्दा धेरै फाइदा हुन सक्छ तर यसलाई अपनाउनुअघि केही कुरालाई ध्यानमा राख्नुपर्छ ।
खाली पेटमा हिड्दा तौल घटाउन कसरी मद्दत मिल्छ ?
शरीरको बोसोलाई ऊर्जाको रूपमा प्रयोग गर्नेः
जब तपाईं खाली पेटमा हिँड्नुहुन्छ, शरीरले ग्लुकोज वा ऊर्जाको लागि तत्काल अन्य स्रोतहरू पाउँदैन । यस्तो अवस्थामा शरीरले पहिले नै जम्मा भएको बोसोलाई टुक्रयाएर ऊर्जा लिन्छ । यो प्रक्रिया तौल घटाउन मद्दत गर्न सक्छ ।
मेटाबोलिज्ममा सुधारः
खाली पेटमा हिड्दा पनि मेटाबोलिज्ममा तीव्रता आउन सक्छ, जसले क्यालोरी जलाउने प्रक्रियालाई गति दिन्छ । यसले वजन घटाउने प्रक्रियालाई अझ राम्रो बनाउन सक्छ ।
तर, जरुरी छ यी कुराहरूलाई ध्यानमा राख्नु आवशयकः
खाली पेटमा हिँड्दा तौल घटाउन मद्दत मिल्ने भएतापनि यो सबैका लागि फाइदाजनक नहुन सक्छ । रगतमा चिनीको मात्रामा समस्या भएका व्यक्तिहरूले चिकित्सकको सल्लाहविना यसो गर्नु हुन्न ।
पेट घटाउन कतिबेर टहल्ने ?
३०-४५ मिनेटसम्म हिँड्नुस्ः
तपाईंको लक्ष्य पेटको बोसो घटाउने छ भने दैनिक ३० देखि ४५ मिनेट छिटो-छिटो हिँड्दा फाइदा हुन्छ । यसले शरीरमा क्यालोरी बर्न गर्ने प्रक्रियालाई गति दिन्छ र पेटको बोसो घटाउन मद्दत गर्छ ।
तीव्र गतिमा हिड्नुस्ः
तीव्र गतिमा हिड्दा सामान्य हिड्दाभन्दा धेरै क्यालोरी जल्छ । तपाईं ५-७ किलोमिटर प्रति घण्टाको गतिमा हिड्ने प्रयास गर्न सक्नुहुन्छ । हिड्दा, अन्तराल अर्थात् इन्टरभल वाकल प्रयोग गर्नु लाभदायक छ । यसमा केही मिनेटको लागि छिटो हिड्ने अनि त्यसपछि केही मिनेट सामान्य गतिमा हिड्ने गरिन्छ । यसले वजन घटाउने प्रक्रियालाई बढावा दिन्छ ।
बिहानीको समयमा हिड्नेः पेटको बोसो घटाउन बिहानको समय विशेषगरी लाभदायक हुन्छ किनभने त्यस समयमा शरीर बढी सक्रिय हुन्छ र मेटाबोलिजम तीव्र हुन्छ । खाली पेटमा हिड्नु तौल घटाउने प्रभावकारी उपाय हुन सक्छ, तर यसलाई संयमित रुपमा अपनाउन जरुरी छ ।
तौल घटाउन हिड्नुका साथै स्वस्थ आहार, पर्याप्त मात्रामा पानीको सेवन र पर्याप्त निद्रा पनि महत्त्वपूर्ण हुन्छ । कुनै पनि फिटनेस योजना अपनाउनु अघि आफ्नो स्वास्थ्य अवस्था अनुसार उचित सल्लाह लिनु राम्रो हुन्छ भन्ने कुरा चाँहि विचार गर्नुहोला ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तमोर करिडोरहुँदै टिप्ताला नाका पुग्यो गाडी
-
महालक्ष्मीको बार आज कसलाई कति लाभ ? हेरौँ राशिफल
-
अमेरिकी डलरसँगै रियाल, दिराम, दिनारको भाउ बढ्यो, विदेशी मुद्रा कसको मूल्य कति ?
-
महाभारत लेकमा आगलागी : सेना परिचालन, पर्यटकीय क्षेत्रमा जान रोक
-
जन्मसिद्ध नागरिकता बदल्ने ट्रम्पको आदेशलाई न्यायाधीशले रोके
-
म्यान्चेस्टर युनाइटेड र लियों युरोपा लिगको अन्तिम आठमा