प्रधानमन्त्री ओलीको गृह जिल्ला झापामा विकास खर्चको अवस्था निरासाजनक
झापा । प्रधानमन्त्री केपी शर्मा ओलीको गृह जिल्ला झापामा चालु आर्थिक वर्ष २०८१/०८२ को पहिलो चारमहिना (चौमासिक)मा ७ प्रतिशत मात्रै पुँजीगत अर्थात जिकास खर्च भएको छ । कोष तथा लेखा नियन्त्रक कार्यालय झापाका अनुसार पहिलो चौमासिकमा सात दशमलव ३४ प्रतिशत मात्रै पुँजीगत खर्च भएको हो । पुँजीगततर्फ १० अर्ब २८ करोड चार लाख विनियोजन भएकामा कार्तिक मसान्तसम्म ७५ करोड ४८ लाख खर्च भएको प्रमुख कोष नियन्त्रक सूर्यबहादुर भण्डारीले बताए ।
चालुतर्फ विनियोजित १५ अर्ब ८८ करोड ३८ लाख ९२ हजार मध्ये २९ दशमलव २२ अर्थात् चार अर्ब ६४ करोड १७ लाख खर्च भएको उनले जानकारी दिए । समग्रमा चालु आर्थिक वर्ष २०८१/०८२ को कार्तिक मसान्तसम्म जम्मा २० दशमलव ६३ प्रतिशत अर्थात् पाँच अर्ब ३९ करोड ६५ लाख ६१ हजार खर्च भएको प्रमुख कोष नियन्त्रक भण्डारीले बताए । उनका अनुसार समयमै बजेट निकासा हुँदा पनि जिल्लास्थित संघीय कार्यालय तथा स्थानीय तहले अपेक्षित पुँजीगत बजेट खर्च गर्न सकेनन् ।
यो आर्थिक वर्ष २०८१/०८२ को पहिलो चौमासिकमा जिल्लाभर ६ अर्ब एक करोड ९८ लाख ८६ हजार राजश्व सङ्कलन भएको छ । यस अवधिमा सबैभन्दा धेरै मेची भन्सार कार्यालय काँकरभिट्टाले चार अर्ब ६२ करोड ८४ लाख राजश्व सङ्कलन गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
टर्कीको रिसोर्टमा आगलागी, मृत्यु हुनेको सङ्ख्या ७६ पुग्यो
-
ट्रम्पको शपथ ग्रहण लगत्तै पुटिन र सीबिच भिडियो कल
-
लुम्बिनी प्रदेश सभा बैठक बस्दै, यस्ता छन् कार्यसूची
-
तीनबुँदे सहमति गरेर कांग्रेसले खोल्यो पोखरा महानगरमा लगाएको ताला
-
पश्चिमी किनारमा इजरायलको सैन्य कारबाहीमा नौ प्यालेस्टिनीको मृत्यु
-
भारत–पाकिस्तान जर्सी विवादमा आईसीसीको चेतावनी