रियाल मड्रिडले ‘क्वार्टरफाइन’ प्रवेशको ढोका खोल्यो
बिहीबार, ०६ मङ्सिर २०८१, ०२ : २६
एजेन्सी । स्पेनी क्लब रियाल मड्रिडले युरोपेली महिला फुटबलको शीर्ष प्रतियोगिता युईएफए महिला च्याम्पियन्स लिगको अघिल्लो चरण प्रवेशको ढोका खोलेको छ । समूह चरणको खेलमा रियालले नेदरल्याण्डसको एफसी ट्वेन्टेविरुद्ध ३-२ को संघर्षपूर्ण जित निकाल्दै अघिल्लो चरण प्रवेश (क्वार्टरफाइन)को ढोका खोलेको हो । रियाललाई जिताउन लिन्डा क्यासिडो, सिग्ने ब्रुन र अल्बा रोडेन्डोले गोल गरे ।
जेमी रेवेन्सबर्गेनको गोलबाट सुरुवाती अग्रता लिएको एफसीका लागि सोफी ते ब्रेकले अतिरिक्त समयमा सान्वना गोल फकाईन् । यो जितपछि समूहको दोस्रो स्थानमा उक्लिएको रियालले ९ अंक बटुलेको छ भने गोल अन्तर पनि फराकिलो पारेको छ । समूहको शीर्ष स्थानमा भने इंग्लिश क्लब चेल्सीले कब्जा जमाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बच्चाले सामाजिक सञ्जाल चलाएमा ३ करोड डलर जरिवाना
-
सिस्नेरी घटनामा जीवन गुमाउने किशोर खेलाडीका आफन्तद्वारा एन्फा मुख्यालयमा तालाबन्दी
-
कोशी सरकार गठन विवादको पूर्णपाठ सार्वजनिक
-
जसपा नेपाल विभाजनविरुद्धको रिट ‘हेर्न नमिल्ने’
-
यस्तो छ, नेकपाको क्रान्ति र उत्पादन नीति
-
मन्त्री हेरफेरको चर्चाबारे के भने गृहमन्त्री लेखकले ?