परिश्चम अमेरिकामा शक्तिशाली ‘बम’ आँधीको ताण्डव, ६ लाख मानिस विजुलीविहीन
बुधबार, ०५ मङ्सिर २०८१, २३ : ३६

एजेन्सी । ‘बम’ आँधीले पश्चिमी अमेरिकालाई प्रभावित बनाएको छ । उक्त शक्तिशाली आँधीले झम्टाइले एक जनाको मृत्यु भएको छ भने ६ लाख मानिस विजुलीविहीन भएका छन् । वासिङ्टनमा रुख ढलेर एक महिलाको मृत्यु भएको हो । आँधीले रुख र बिजुलीका पोल ढालेपछि करिब ६ लाख मानिस अन्धकारमा परेका बताइएको छ ।
बुधबार ओरेगन, वाशिंगटन र क्यालिफोर्नियामा ८० किलोमिटर प्रतिघण्टा (५० माइल प्रतिघण्टा)को गतिमा बम आँधीले अधिक वर्षा एवं हुरी ल्याएको थियो । उक्त तीब्र गतिको हावाहुरी र अधिक वर्षा शुक्रबारसम्म जारी रहने अनुमान गरिएको छ । त्यहाँको राष्ट्रिय मौसम सेवाले यो हप्ताको अन्त्यसम्म ज्यानै लिने खालको वर्षा, बाढी र तीब्र हावा तथा उच्च भू-भागमा हिमपातको अनुमान समेत गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तीन सन्तानकी आमाले १२ कक्षा पढ्दै गरेका ‘प्रेमी’सँग गरिन् बिहे
-
घुम्ती प्रयोगशालासहित महानगर र विभागको संयुक्त टोली बजार अनुगमनमा
-
डिपोर्टेशनका लागि युद्ध कानून प्रयोग गर्न ट्रम्पलाई अदालतले दियो अनुमति
-
उपसचिवको लिखित परीक्षामा १२ जना उत्तीर्ण (सूचीसहित)
-
इरानसँग सिधैं परमाणु वार्ता भइरहेको छः ट्रम्प
-
झूटा मुद्दा लगाए जनताले तिमीहरूका घर घेर्छन् : ज्ञानेन्द्र शाही