कम्बोडिया जाने टोलीमा पाँचभन्दा बढी दलका १३ जना प्रतिनिधि छौँ : राजन भट्टराई

काठमाडौँ । नेकपा एमालेका स्थायी कमिटी सदस्य राजन भट्टराईले आफू कम्बोडियामा हुने आइक्यापको १२ औं अधिवेशनमा भाग लिन त्यसतर्फ गएको बताएका छन् । बुधबार साँझ सामाजिक सञ्जालमार्फत नेता भट्टराईले सो कुराको जानकारी दिएका हुन् ।
उनले सो कार्यक्रममा भाग लिन नेपालका ५ भन्दा बढी दलका १३ जना प्रतिनिधि गएको समेत बताएका छन् । उनले भनेका छन् : ‘भ्रमको खेतीमा रमाउनेहरुलाई जानकारी होस् । कम्बोडियामा हुने आइक्यापको १२ औं महाधिवेशनमा भाग लिन नेपालका ५ भन्दा बढी दलका १३ जना जनप्रतिनिधि जाँदैछन् । थप केही भन्नुपर्छ ?’
अभियन्ता दुर्गा प्रसाईंले सामाजिक सञ्जालमार्फत प्रधानमन्त्री केपी शर्मा ओली लगायतका एमाले नेताहरुले कम्बोडियामा ३२ अर्ब लगानी गरिएको भन्ने कागजातसहितको भिडियो सार्वजनिक गरेपछि कम्बोडिया जान लागेका नेता भट्टराईका बारेमा समेत सामाजिक सञ्जालमा आलोचना भएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विवाह बन्धनमा बाँधिँदै पूर्वमिस नेपाल अश्मी
-
वीरगञ्जमा शान्ति र सद्भाव कायम राख्न मन्त्री यादवको अपिल
-
संवैधानिक नियुक्ति बहसले १६ मुद्दा हेर्न भ्याइएन, आइतबार पनि तोकियो पूर्ण इजलास
-
आकाश भैरवको १२ वर्षे जात्रा धूमधामसँग मनाइँदै, तस्बिरहरू
-
प्राविधिक प्रहरी हवल्दारहरूको बढुवा तथा पदस्थापन (सूचीसहित)
-
सामाजिक अभियानमार्फत कर्णालीमा काम गर्ने नायक पल शाहको चाहना, मुख्यमन्त्रीसँग भेटे