दुर्गा प्रसाईंले सार्वजनिक गरेको कागजात प्रकाशन गर्ने १२ वटा युट्युब च्यानल बन्द
![दुर्गा प्रसाईंले सार्वजनिक गरेको कागजात प्रकाशन गर्ने १२ वटा युट्युब च्यानल बन्द](https://npcdn.ratopati.com/media/news/cover-cib_PHawnDfOPw.jpg)
काठमाडौँ । कम्बोडियाको एक टेलिकम कम्पनीमा प्रधानमन्त्री केपी शर्मा ओलीको लगानी रहेको भन्दै दुर्गा प्रसाईंले सार्वजनिक गरेको कागजात प्रसारण गर्ने युट्युब च्यानलहरूलाई कारबाही गरिएको छ । त्यस्तो सामग्री प्रकाशन गर्ने १२ वटा युट्युब च्यानल बन्द गरिएको सीआईबीका एआईजी दीपक थापाले रातोपाटीलाई बताए ।
सो सामग्री अपडेट सेरोफेरो र मेडिकल व्यवसायी दुर्गा प्रसाईको फेसवुक एकाउन्टबाट पनि सार्वजनिक गरिएको थियो । सामग्री प्रकाशन गर्ने ३ वटा युट्युब दर्ता बिना नै सञ्चालन गरेको भेटिएको छ । ती युट्युबका सञ्चालकलाई कारबाही गर्न प्रेस काउन्सिलले प्रहरीको साइबर ब्युरोलाई पत्राचार गरेको छ ।
प्रधानमन्त्री ओलीद्वारा कम्बोडियामा अरबौँ लगानी गरिएको भनि प्रमाण स्वरूप सार्वजनिक गरेका कागजात प्रारम्भिक अनुसन्धानबाट फर्जी रहेको देखिएको एआईजी थापाले जानकारी दिए । प्रहरीले प्रसाईंलाई पक्राउ गरेर त्यसबारे थप अनुसन्धान गरिरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
वरिष्ठ अधिवक्ता त्रिपाठीलाई आक्रमण गर्ने ३ जनालाई धरौटीमा छाड्न आदेश
-
बीमक संघमा नयाँ कार्यसमिति निर्विरोध, अध्यक्षमा बैदवार
-
संघीय सरकारले समानिकरणको अनुदान रकम नपठाउँदा प्रदेशलाई आर्थिक भार थपियो : मुख्यमन्त्री आचार्य
-
भारतीय अण्डा भित्रिएपछि नेपाली बजार प्रभावित
-
केपी ओली कप : राजनीतिज्ञसँग कलाकारको टोली विजयी
-
प्रमुख प्रतिपक्ष दलका नेताले संसदमा सम्बोधन गर्दा प्रधानमन्त्री स्वास्थ्य समस्याका कारण उपस्थित हुनसक्नु भएन : महेश बर्तौला