उपराष्ट्रपतिलाई राष्ट्रिय सभा अध्यक्ष बनाउन संविधान संशोधन हुन्छ : सभापति देउवा

काठमाडौँ । नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले उपराष्ट्रपतिलाई राष्ट्रिय सभाको अध्यक्ष बनाउन संविधान संशोधन हुने बताएका छन् । बुधबार काठमाडौँमा नेपाल डेमोक्र्याटिक लयर्स एशोसिएशनको ३५ औँ स्थापना दिवसको अवसरमा संविधान कार्यान्वयनमा कानुनी तथा वित्तीय सुशासन सम्बन्धी छलफलमा भाग लिँदै उनले यस्तो बताएका हुन् ।
सभापति देउवाले भारत लगायतका देशहरूमा पनि सोही व्यवस्था रहेको उल्लेख गर्दै र उपराष्ट्रपतिलाई राष्ट्रिय सभाको अध्यक्ष बनाउने गरी संविधान संशोधन गर्ने सहमति भइसकेको बताए । उनले प्रजातन्त्रको लागि आफू र प्रधानमन्त्री केपी शर्मा ओलीले जेल जीवन बिताउनुपरेको उल्लेख गर्दै प्रजातन्त्रको विरुद्धमा संविधान संशोधन नहुने स्पष्ट पारे ।
सभापति देउवाले नेपालको प्रजातन्त्रलाई मर्न नदिने र बलियो बनाउने गरी डेमोक्र्याटिक लयर्स एशोसिएशनले कामहरू अघि बढाउनुपर्ने बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बिग बास लिग क्लबले विराट कोहलीको तस्बिर राखेर समर्थकलाई ‘अप्रिल फूल’ बनाएपछि ...
-
प्राधिकरणमा आफूअनुकूल टिम बनाउँदै हितेन्द्र, उच्च व्यवस्थापनको सेट नै परिवर्तन
-
कुलमान र हितेन्द्रको रिट न्यायाधीशद्वय चुडाल र पाण्डेयको इजलासमा
-
सुनको मूल्य तोलामा १ लाख ८० हजार नजिक, बन्यो नयाँ कीर्तिमान
-
पन्ध्र दिनमा १३ क्विन्टल गाँजा बरामद
-
राज्यका निकायमा मधेसी समुदायको सहभागिता सुनिश्चित गरिनुपर्छ : दीपक कार्की