पोखराका बसमा जीपीएस जडान गरिने

पोखरा । पोखराका विभिन्न रुटहरुमा चल्ने गाडीहरूमा जीपीएस जडान गरिने भएको छ । हरित यातायात प्रणाली विकास परियोजनाको पाइलोटिङ स्वरूप पहिलो चरणमा पोखराको लामाचौरदेखि छोरेपाटन रुटमा प्रविधि जडान गर्न लागिएको हो । यो रुटका ६ ठाउँमा प्रविधिसहितको बसस्टप निर्माण गरिने छ भने ४२ वटा बसहरूमा जिपिएस ट्रयाकिङ प्रविधि जडान गरिने छ ।
हरित यातायात प्रणालीका लागि आवश्यक सामाग्रीहरू डिसेम्बर २० भित्र काठमाडौँ आइपुग्ने र त्यसलाई पोखरा ल्याएर जडान गरिने महानगरले जनाएको छ । तोकिएका बस स्टपहरुमा इन्टरनेट र बिजुली बत्तीको व्यवस्थापन महानगरपालिका आफैले गर्नेछ । पहिलो चरणमा १८ करोड बराबरको सामाग्रीहरू कोरियाले उपलब्ध गराउने छ ।
यसको पाइलोटिङसँगै आगामी दुई वर्षभित्र महानगर भित्रको सम्पूर्ण सार्वजनिक यातायातलाई प्रविधिमैत्री बनाइने मेयर धनराज आचार्यले जानकारी दिए । परियोजना अन्तर्गत पोखराका ८४ वटा बस रुटका १ हजार २८६ ठाउँमा बस स्टप निर्माण गरिनेछ । यस्तै, ३ ठाउँमा बस टर्मिनल निर्माण हुने आचार्यले सुनाए ।
यो प्रणाली विकास गरेसँगै पोखरामा चल्ने सार्वजनिक यातायातको सेवाका बारे हरेक नागरिकहरूले डिजिटल माध्यमबाट जानकारी पाउने छन् । ‘यात्रुले लामो समय बस कुर्नुपर्दैन । चालकहरूले पनि जथाभाबी यात्रु चढाउन र ओराल्न पाउँदैनन्,’ उनले भने, ‘यसले पोखरामा समावेशी, दिगो र लचिलो यातायात प्रणालीको विकासमा टेवा पुग्छ ।’
परियोजनामा कोरियाको भूमि, पूर्वाधार र यातायात मन्त्रालय, कोरिया रेलमार्ग अनुसन्धान संस्थान, राष्ट्रिय यातायात विश्वविद्यालय कोरिया र तारकम को. लिमिटेड सहित विभिन्न दातृ निकायहरूले साझेदारी गर्नेछन् । यसकै सन्दर्भमा कोरियाको तर्फबाट तारकम को.लिमिटेडका बिजनेस विभागका निर्देशक कि होन किमले मेयर आचार्यसँग बुधबार छलफल गरेका छन् । उनले एक महिनाभित्र सबै सामग्री नेपाल आइपुग्ने जानकारी गराए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राष्ट्रिय व्यावसायिक तथा प्रशिक्षण प्रतिष्ठान र नेपाल हस्तकला महासङ्घबीच समझदारी पत्रमा हस्ताक्षर
-
साई सुदर्शनको रन वर्षा जारी, राजस्थानसामु जितका लागि २ सय १८ रनको लक्ष्य
-
शिक्षकका माग अविलम्ब पूरा गर्नुपर्छ : पूर्वप्रधानमन्त्री खनाल
-
नेपालको जीतमा बन्यो यस्तो रेकर्ड
-
महाधिवेशनबारे निर्णय गर्न रास्वपाले बोलायो वैशाख ४ गते केन्द्रीय समिति बैठक
-
रास्वपाले भन्यो, ‘सभापतिको दुई दिन, तीन रातको हिरासत बसाइ अवैध छ’