नेपाल कम्युनिष्ट पार्टीका दोलखा सेक्रेटरीसहित १६ जनाले दिए सामूहिक राजीनामा

दोलखा । विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दोलखाका सेक्रेटरीसहित १६ जना नेता, कार्यकर्ताले सामूहिक राजीनामा दिएका छन् ।
नेकपाका वैकल्पिक केन्द्रीय सदस्य एवं दोलखा जिल्ला सेक्रेटरी अर्जुन योगीसहित १६ जना नेता, कार्यकर्ताले आज सामूहिक राजीनामा गरेका हुन् । नेकपाका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ र प्रवक्ता खड्गवहादुर विश्वकर्मा ‘प्रकाण्ड’लाई सम्बोधन गरी उनीहरुले राजीनामा दिएका हुन् ।
राजीनामा पत्रमा विगत लामो समयदेखि पार्टीमा रहेर योगदान दिए पनि वर्तमान अवस्थामा विभिन्न कारणवश सँगै बस्न नसकिने अवस्था पैदा भएको उल्लेख गरिएको छ । पार्टी जिल्ला सेक्रेटरी योगीले कम्युनिष्टहरुको एकता, धुव्रिकरण र पुनर्मिलनका लागि सामूहिक राजीनामा दिएको र त्यसकालागि आफ्नो नेतृत्वमा ५१ सदस्यीय समिति समेत गठन गरेको बताए ।
सामूहिक राजीनामा दिनेहरुमा वैकल्पिक केन्द्रीय सदस्य एवं जिल्ला सेक्रेटरी अर्जुन योगी, पूर्व जिल्ला संयोजक एवं केन्द्रीय प्रतिनिधि राजन धनुके, केन्द्रीय प्रतिनिधि एवं राष्ट्रिय उद्योग वाणिज्य महासंघ केन्द्रीय सदस्य सिताराम उप्रेती, जिल्ला सचिवालय सदस्य एवं तामाकोशी गाउँपालिका इन्चार्ज नविनकुमार नेपालीलगायत रहेका छन् ।
नेकपाको दोलखा जिल्ला कमिटी तथा विभिन्न कमिटीको जिम्मेवारीमा रहेका नहकुल पोखरेल, दिपक केसी, मनोज भुजेल, कुमार मिजार, सिर्जना उप्रेती, मञ्जिला बस्नेत, सानुमाया थामी, रमेश तामाङ, शिरिष उप्रेती, कर्णवहादुर थामी, जयवहादुर खाती र पवित्रा थामीले पनि सामूहिक राजीनामा गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चलचित्र ‘जार’ काे गीत ‘ए ठूली’ मा लाहुरेको प्रेमकथा
-
बढुवा भएका ७५ जना प्रहरी वरिष्ठ नायव निरीक्षकहरुको पदस्थापन
-
रुकुम पूर्व केन्द्रविन्दु भएर ४.२ म्याग्निच्युडको भूकम्प
-
शिक्षा विधेयक कार्यान्वयनमा माओवादीको आशंका, बर्खे अधिवेशनमा कस्तो छ तयारी ?
-
पुरुषमाथि कुटपिटमा संलग्न चार जना ट्राफिक प्रहरीको जिम्मेवारी खोसियो
-
सरकारको औचित्यमाथि प्रश्नैप्रश्न : हुकुमी शासनको अभ्यास !