एमालेको जागरण सभाका ‘कमाण्डर’ कम्बोडिया उडे

काठमाडौँ । निराशा चिर्ने र उत्साह जगाउने भन्दै नेकपा एमालेले मंसिर ७ गते काठमाडौँमा गर्ने जागरण सभाका कमाण्डर तथा एमाले स्थायी कमिटी सदस्य राजन भट्टराई कम्बोडिया उडेका छन् ।
नेकपा एमालेले मंसिर ७ को जागरण सभाको संयोजकका रूपमा बागमती प्रदेश कमिटीका इन्चार्ज समेत रहेका नेता भट्टराईलाई तोकेको थियो । तर भट्टराई कार्यक्रमको दुई दिनअघि कम्बोडिया उडेका हुन् ।
बुधबार साँझ भट्टराई आफैले सामाजिक सञ्जाल फेसबुकमार्फत आफू कम्बोडिया प्रस्थान गर्न लागेको बताएका छन् ।
‘क्यम्बोडियामा भोलिदेखि हुने आइसीएपीपीको १२ औँ अधिवेशनमा स्थायी समितिको सदस्यका हैसियतले सहभागि हुनपर्ने भएकोले अहिले साँझ त्यसतर्फ प्रस्थान गर्दैछु’, भट्टराईले भनेका छन्, ‘मेरो मंसिर ७ कार्यक्रमको जिम्मेवारी अनुपस्थितिमा क. कैलाश ढुङ्गेलले सम्हाल्नुहुने जानकारी गराउन चाहन्छु ।’
ढुंगेल जागरण सभाका सहसंयोजक हुन् । एमालेले मंसिर ७ गते एक लाख मानिससहित दरबारमार्गमा शक्ति प्रदर्शन गर्ने जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अझै समस्यामा समय, ‘इन्डियाज गट लेटेन्ट’ का सबै प्यानलहरूलाई बोलाइयो
-
तीव्र हावाहुरीले उत्तरी चीन प्रभावित, सयौँ उडान रद्द, पार्क र रेल सेवा स्थगित
-
शिक्षकहरूको आन्दोलन ११ औँ दिनमा : माइतीघर–बबरमहल क्षेत्रमा प्रदर्शन
-
मनकुमार तामाङ
-
युवा पुस्तामा ट्याटु मोह, तस्बिरहरू
-
आर्थिक संकटमा ‘आइरन म्यान २’ का खलनायक, भन्छन्–‘ममाथि करोडौँको ऋण छ’