मध्यपश्चिम विश्वविद्यालयका सबै प्रश्नपत्रहरु अंग्रेजी र नेपाली दुवै भाषामा छाप्न माग
![मध्यपश्चिम विश्वविद्यालयका सबै प्रश्नपत्रहरु अंग्रेजी र नेपाली दुवै भाषामा छाप्न माग](https://npcdn.ratopati.com/media/news/photo_Fu07fFTya9.jpg)
सुर्खेत । मध्यपश्चिम विश्वविद्यालयका सम्पूर्ण प्रश्नपत्रहरु अंग्रेजी र नेपाली दुवै भाषामा छाप्न माग गरिएको छ । विद्यार्थीहरुले बुधबार परीक्षा व्यवस्थापन कार्यालयका प्रमुख सहप्राध्यापक डा. दीपक अधिकारीलाई ज्ञापनपत्र बुझाउँदै उक्त माग गरेका हुन् ।
विश्वविद्यालयबाट लिइने वार्षिक परीक्षा प्रणाली अनुसारका सबै शंकायको प्रश्नपत्रहरु तयार गर्दा अंग्रेजी र नेपाली दुवै भाषामा प्रकाशन गर्नुपर्ने माग विद्यार्थीहरूको छ ।
शिक्षा संकायको स्नातकोत्तर तहमा अध्ययनरत विद्यार्थी दीपक उपाध्यायका अनुसार अहिले विश्वविद्यालयका सबै तह र सबै संकायका प्रश्न पत्र अंग्रेजी भाषामा मात्रै आउने गरेका छन् । तर सबै विषयको पढाई नेपालीमै हुन्छ । उत्तर पनि नेपालीमै लेखिन्छ ।
त्रिभुवन विश्वविद्यालयले समेत अंग्रेजी र नेपाली दुवै भाषामा प्रश्नपत्र प्रकाशन गर्ने निर्णय गरेको भन्दै विद्यार्थीहरूले मध्यपश्चिम विश्वविद्यालयमा पनि उक्त व्यवस्था लागु गर्न आग्रह गरिएको उनको भनाइ छ ।
परीक्षा व्यवस्थापन प्रमुख अधिकारीले पनि विद्यार्थीको माग जायज भएको र यसबारे कार्यालयको तर्फबाट सक्दो प्रयास गर्ने बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कीर्तिमानहरूको ओइरो लागेको र अस्ट्रेलियाले पहिलोपटक उपाधि कुम्ल्याएको पाँचौँ संस्करण
-
नेपाल र भारतबीच उच्च क्षमताका थप प्रसारण लाइन निर्माण गर्ने सहमति
-
भद्रपुर मालपोतद्वारा ४४ करोड ५० लाख राजस्व सङ्कलन
-
ट्रम्प र पुटिनको ‘युक्रेन शान्ति योजना’ले युरोप स्तब्ध
-
भारत : सीआरपीएफ जवानले आफ्नै सहकर्मीमाथि गोली चलाउँदा २ जनाको मृत्यु, पछि आत्महत्या
-
पर्साको पोखरियामा मालपोत र नापी कार्यालय सञ्चालन हुँदै