शिभाली र स्वराह सेमिफाइनलमा
![शिभाली र स्वराह सेमिफाइनलमा](https://npcdn.ratopati.com/media/news/tt_Z9e6dq1dZy.jpg)
काठमाडौँ । नेपालकी शिभाली गुरुङ र माल्दिभ्सकी आइसथ करिन सइजनको जोडी इमर्जिङ एथलिट्स जुनियर यु–१४ एसियाली टेनिस प्रतियोगिताको गल्र्स डबल्समा बुधबार पहिलो भएका छन् ।
उक्त जोडीले फाइनलमा बंगलादेशका हुमीराह हैदर र बंगलादेशकी नयिम हुसेनको जोडीबाट वाक ओभर पाए । हुमीराहकी पार्टनर नयिम घाइते भएकाले उक्त जोडीले फाइनल त्यागेका थिए ।
नेपाल टेनिस संघ र एथलिट्स इमर्जिङद्वारा संयुक्त आयोजित प्रतियोगिताको ब्वाइज डबल्समा भारतका अभी अग्रवाल र तनिश नन्दाको जोडीले नेपालका अर्यासराज पौडेल र स्पन्दन उदासको जोडीलाई ६–१ र ६–० तथा भारतकका हर्ष मर्वाहा र बंगलादेशका मोहम्मद रकिन रहमानको जोडीले नेपालका वृजेश अर्याल र विश्वविषेश डल्लाकोटीको जोडीलाई ६–४ र ६–४ को सोझो सेटमा हराउँदै फाइनलमा स्थान सुरक्षित गरे ।
गल्र्स सिंगल्समा नेपालकी शिभाली गुरुङले आफ्नै डबल्स पार्टनर माल्दिभ्सकी सइजनलाई ६–१ र ६–२ तथा बंगलादेशकी हुमाराहले नेपालकी स्वराह थापालाई ६–० र ६–० को सोझो सेटमा पाखा लगाउदै फाइनलमा स्थान बनाए ।
ब्वाइज सिंगल्समा भारतका तनिसले हङकङका लाप यिन ललाई ६–० र ६–१, नेपालका वृजेश अर्यालले नेपालकै असभसम्राट हाडालाई ६–१ र ६–०, भारतका अभी अग्रवालले नेपालका विश्वविषेश डल्लाकोटाीलाई ६–० र ६–१ तथा न्युजिल्यान्डका ज्याक्स रुपले भारतका हर्ष मर्वाहालाई ६–४, ४–६ र ७–५ ले पन्छ्याउदै सेमिफाइनल यात्रा तय गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ट्रम्पको थप 'उट्पट्याङ' : गाजामा प्यालेस्टाइनीलाई नराख्नेदेखि अमेरिका छिर्ने स्टील र आल्मुनियममा २५ प्रतिशत करसम्म
-
इजरायली बन्धकबारे हमासले दियो कडा चेतावनी, इजरायलले सम्झौता उल्लंघन गरेको आरोप
-
१२ बजे, १२ समाचार : अख्तियारका सचिवलाई अर्थ मन्त्रालयको जिम्मेवारीदेखि ड्युटीका प्रहरी कुट्ने अखिल नेतालाई उन्मुक्तिसम्म
-
इभी माइक्रोको ठक्करले एक जनाको मृत्यु, एक घाइते
-
पाथीभरा केबलकारको विवाद वार्ता र सहमतिबाटै समाधान गरिनुपर्छः गृहमन्त्री लेखक
-
प्रधानमन्त्री ओलीलाई पदमुक्त गर्न माग गर्दै सर्वोच्चमा निवेदन दर्ता