नेकपाको सचिवालय बैठकद्वारा तीन समिति गठन, पार्टी कार्यालयबारे यस्तो निर्णय
काठमाडौं– नेपाल कम्युनिष्ट पार्टीको सचिवालय बैठक सम्पन्न भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले संगठनात्मक विधानको परिपूर्ण हुने गरी नियमावली समिति बनाउने निर्णय गरेको छ ।
समितिमा महासचिव विष्णु पौडेल, नेताहरु देव गुरुङ, वेदुराम भुसाल र खिमलाल देवकोटा रहेको पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।
यस्तै संगठनात्मक काम गर्न सहजीकरणका लागि पूर्वघटकका इन्चार्ज र सह इन्चार्जको समिति पनि बनाउने निर्णय भएको छ ।
यसैगरी सम्बन्धित पूर्वघटकका जबस मोर्चाका इन्चार्ज र मोर्चा प्रमुखको समिति बनाउने निर्णय पनि भएको श्रेष्ठले जानकारी दिए । समितिले जवसको एकताका लागि आवश्यक सुझाव दिने बताइएको छ ।
यसैबीच बैठकमा पार्टी कार्यालयका विषयमा पनि छलफल भएको छ । दुई पार्टी कार्यालय कसरी प्रयोग गर्ने भन्नेमा दुई पार्टीका अध्यक्षलाई बैठकले जिम्मा दिएको छ ।
यस्तै बैठकले वैचारिक र सैद्धान्तिक दस्ताबेजलाई प्रकाशन गर्ने निर्णय पनि गरेको छ ।
यसअघि बिहान १० बजेका लागि बोलाइएको बैठक ढिला गरी सुरु भएको थियो ।
दुई पार्टीभित्र केन्द्रीय सदस्यको अन्तिम टुंगो लगाउने क्रममा सकस उत्पन्न भएपछि बैठक बस्न ढिलाई भएको थियो ।
बालुवाटारमा सचिवालय बैठकमा सहभागि हुन पुगेका नेताहरु आन्तरिक छलफलमा जुटेका थिए ।
पूर्वएमाले र पूर्व माओवादीका सचिवालय सदस्यहरु केन्द्रीय सदस्यको अन्तिम नामावली टुंगो लगाउन बैठक बसेका हुन् । बैठकले केन्द्रीय सदस्यको नामावली टुंगो लगाएको श्रेष्ठले जानकारी दिए ।
दुई पार्टी एकीकृत भएर बनेको नेकपाको ४४१ सदस्सीय केन्द्रीय समिति बनाउने तय भएको छ । जसमा एमालेबाट २४१ जना र माओवादीबाट २०० केन्द्रीय सदस्य रहनेछन् ।
बैठकमा दुई अध्यक्ष केपी ओली र प्रचण्डसहित नारायणकाजी श्रेष्ठ र रामबहादुर थापा बादल, माधव नेपाल, झलनाथ खनाल, विष्णु पौडेल, वामदेव गौतम र इश्वर पोखरेलको सहभागिता थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
उद्यम गर्न चाहनेलाई हलेसी तुवाचुङ नगरपालिकाले निर्ब्याजी ऋण दिने
-
‘सार्क नेपालका लागि अपरिहार्य संगठन हो’
-
‘सार्कले गर्दा नेपाललाई केही फाइदा हुँदैन, बरु बीबीआईएन ठिक छ’
-
सैफलाई अस्पताल पुर्याउने अटो चालकलाई बक्सिस दिँदै मिका सिंह
-
संन्यास लिन लागेकी हुन् रश्मिका मन्दानाले ?
-
फूल ‘एक्सन’मा ट्रम्प, सीमामा पठाए १५०० सिपाही