कीर्तिपुरमा माओवादीका महर्जनलाई मत दिन माधवको आह्वान
बुधबार, ०५ मङ्सिर २०८१, १७ : १६

काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) ले पार्टीका तर्फबाट कीर्तिपुर नगरपालिकाको मेयरमा उम्मेदवारी दिएका भानु रिजालको उम्मेदवारी बनाएको छ । पार्टी अध्यक्ष माधवकुमार नेपालले बुधबार एक विज्ञप्ति जारी गर्दै आफ्नो पार्टीका उम्मेदवार रिजालको उम्मेदवारी निष्क्रिय भएकाले मेयर पदमा माओवादी केन्द्रका प्राडा शिवशरण महर्जनलाई र वडानम्बर ४ मा रिता खड्कालाई विजय गराउन आह्नवान गरेका छन् ।
खड्का एकीकृत समाजवादीका तर्फबाट उम्मेदवार बनेकी हुन् । एकीकृत समाजवादीले माओवादीका महर्जनलाई सघाउने यसअघि नै निर्णय गरेको थियो । तर उम्मेदवारी फिर्ता नलिएर निष्क्रिय गराएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कस्मेटिक,फुड्स सप्लिमेन्ट आयात तथा उत्पादकलाई सात दिनभित्र विभागमा उपस्थित हुन निर्देशन
-
दुर्गा प्रसाईं र महेश बस्नेतले एक अर्का विरुद्ध हालेको गाली बेइज्जती मुद्दा हेर्दाहेर्दैमा
-
आन्दोलनरत शिक्षकहरूको नारा – पुरानो ऐन चाहिँदैन, शिक्षक पिट्न पाइँदैन
-
तीनकुने घटनामा पक्राउ परेका ४० जनालाई थप १० दिन हिरासतमा राख्न अनुमति
-
कारखानामा यसरी बन्दै थियो पनिर, देखेर अधिकारीहरू पनि छक्क परे
-
अवैध रूपमा आयात गरेको एप्पल चामल सिल