कीर्तिपुरको प्रमुख बन्न ११ स्वतन्त्र उम्मेदवार दौडमा‚ कसलाई सहयोग गर्ने अन्योलमा रास्वपा

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले कीर्तिपुर नगरपालिकाको उपनिर्वाचनमा कसलाई सहयोग गर्ने भन्ने निर्णय गर्न ढिलाइ गरेको छ । मङ्सिर १६ मा हुने उपनिर्वाचनका लागि पार्टीले उम्मेदवार उठाएको छैन ।
नगरप्रमुख स्वतन्त्र उम्मेदवारलाई सहयोग गर्ने तयारीमा पार्टी छ । नगर प्रमुख बन्न यहाँ ११ जना व्यक्तिले स्वतन्त्र उम्मेदवारी दिँदै चुनावी मैदानमा होमिएका छन् । त्यसमध्ये कसलाई सहयोग गर्ने भन्ने निर्णय भने पार्टीले गरिसकेको छैन ।
उपनिर्वाचनको ‘कमान्ड’ सम्हालिरहेका केन्द्रीय सदस्य तथा सांसद गणेश पराजुलीले आफ्नो उम्मेदवार नउठाएर कीर्तिपुरमा स्वतन्त्रलाई सहयोग गर्ने तयारी भए पनि कसलाई गर्ने भन्ने निर्णय भने भइनसकेको रातोपाटीलाई जानकारी दिए ।
‘कसलाई कसरी समर्थन गर्ने‚ चुनावी रणनीति कसरी उपयोग गर्ने भन्ने काम त्यहाँ हुँदैछ‚’ उनले भने‚ ‘उहाँहरू छलफलमा हुनुहुन्छ । हामीले यहाँबाट हस्तक्षेप गर्ने कुरै भएन नि ।’
कीर्तिपुर नगर प्रमुख बन्न २० जना चुनावी मैदानमा छन् । त्यसमध्ये ११ जना स्वतन्त्र उम्मेदवार हुन् । रास्वपाले नगरप्रमुखमा मात्र होइन वडा नम्बर १ र ४ मा पनि वडाध्यक्ष पदमा उम्मेदवार उठाएको छैन । वडा नम्बर १ मा ९ मध्ये ३ जना र वडा नम्बर ४ मा १२ मध्ये ४ जनाले स्वतन्त्र उम्मेदवारी दिएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
खोटाङको हलेसीमा रामनवमी मेला
-
बुण्डेस लिगामा लिभरकुजेनले बायर्नसँग घटायो अंक दुरी
-
स्पेनिस ला लिगामा रियाल मड्रिड हार्यो, उपाधि यात्रामा बार्सिलोनालाई राहत
-
आर्सनल र नटिङघम कमजोर, लिभरपुलले प्रिमियर लिगको उपाधि सजिलै कब्जा गर्ने सम्भावना
-
१२ बजे, १२ समाचार : थाइल्यान्डको भ्रमण सकेर प्रधानमन्त्री स्वदेश फिर्तादेखि रविको पक्राउपछि रास्वपाले जनता सम्झियोसम्म
-
पर्यटन प्रवर्द्धनका लागि देम्बाडाँडामा ‘गल्फ महोत्सव’ हुने