इजरायल–हमास युद्ध छेडिएयता पहिलो पटक गाजा पुगे नेतन्याहु

गाजा । इजरायली प्रधानमन्त्री बेन्यामिन नेतन्याहु गाजा पुगेका छन् । इजरायल–हमासबीच युद्ध सुरु भएयता उनी पहिलो पटक मङ्गलबार अचानक गाजा पुगेका हुन् । उनले त्यहाँ इजरायली सैन्य अड्डाहरूको भ्रमण गरेका थिए ।
उनको साथमा रक्षामन्त्री इजरायल काट्ज पनि थिए । इजरायल सरकारले यो भ्रमणको भिडियो सार्वजनिक गरेको छ । नेतन्याहुले हमाससँग युद्धविरामका लागि कुनै पनि प्रयासलाई कडाइका साथ अस्वीकार गरेका छन् । युद्ध सकिएपछि हमासले प्यालेस्टाइनमा फेरि शासन नगर्ने पनि उनले बताएका छन् । बन्धकहरूलाई सुम्पने जो कोहीलाई ५० लाख डलर दिने प्रस्ताव पनि उनले गरेका छन् ।
‘हमास फर्केर आउने छैन । गाजामा बेपत्ता भएका १०१ इजरायली बन्धकहरूको खोजी इजरायलले जारी राख्नेछ । हाम्रा बन्धकहरूलाई हानी पुर्याउने जो कोही आफ्नो मृत्युको लागि स्वयम् जिम्मेवार हुनेछ । हामी तिनीहरूलाई खोजेरै छाड्नेछौं ।’
युद्धमा सेनाले लगाउने ज्याकेट र हेलमेट लगाएर नेतान्याहुले भने । नेतन्याहु गाजा भ्रमणमा हुँदा, ब्राजिलमा चलिरहेको जीट्वेन्टी शिखर सम्मेलनमा गाजालाई थप सहायता प्रदान गर्न र युद्ध रोक्न अपील गरिएको थियो । यहि महिनाको सुरुमा नेतन्याहुले योभ गालान्टलाई रक्षामन्त्रीबाट बर्खास्त गरेका थिए ।
आफूहरूबिच विश्वासको कमी भएको र युद्धको समयमा यो राम्रो नभएको नेतन्याहुको भनाइ थियो । यसैबिच नेतन्याहुले गालान्टमाथि देशका शत्रुहरूलाई फाइदा पुर्याएको आरोप पनि लगाए । त्यसपछि उनले विदेशमन्त्री इजरायल काट्जलाई रक्षामन्त्रीको जिम्मेवारी दिइएको थियो ।
इजरायल र हमासबीच एक वर्षभन्दा लामो समयदेखि युद्ध चलिरहेको छ । युद्धका कारण गाजा भग्नावशेषमा परिणत भएको छ । गाजाका ६० प्रतिशत भवन ध्वस्त भएका छन् । हमासको नामोनिशान मेटाउन इजरायलले कुनै बेला लाखौं मानिसको बसोबास भएका क्षेत्रहरू नष्ट गरेको छ । इजरायली सेनाको हवाई हमलाबाट खान युनिस, गाजा सिटी र जबलिया सबैभन्दा बढी प्रभावित भएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेपालमा शङ्कास्पद गतिविधि संलग्न ७ जना बंगलादेशी नागरिक पक्राउ
-
सेनाले भन्यो– ‘रुख काट्ने प्रक्रिया पुरा गर्न ११ महिना लाग्छ’
-
ज्ञानेन्द्रको अभिव्यक्तिले तात्यो संसद् : माओवादी मौन, कांग्रेस एमालेको प्रतिवाद
-
नेप्सेको प्रमुख कार्यकारी अधिकृत छान्न अर्थ मन्त्रालयले बनायो समिति
-
‘जेन–जी’को युगमा ‘जेरोन्टो’को नेतृत्व
-
नेता तथा उच्च पदस्थको सम्पत्ति छानबिनका लागि उच्चस्तरीय आयोग बनाउन माग