बीआरआईबारे एमाले र कांग्रेसबिच ‘डिफरेन्सेस’ छ, तर समझदारीमा पुग्छौँ : उपमहासचिव ज्ञवाली
बुधबार, ०५ मङ्सिर २०८१, १६ : ०५

काठमाडौँ । नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले सत्ता साझेदार नेपाली कांग्रेस र एमालेबिच बेल्ट एन्ड रोड इनिसियटिभ (बीआरआई)बारेको बुझाइमा केही भिन्नता रहेको बताएका छन् । बुधबार एमाले प्रचार विभागले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै ज्ञवालीले बीआरआईबारे यस्तो टिप्पणी गरेका हुन् ।
‘बीआरआईमा हामीले ९ परियोजना छानेका छौँ, तर फन्डिङ मोडालिटीमा प्रवेश नै गरेका छैनौँ’, ज्ञवालीको भनाइ छ ।
उपमहासचिव ज्ञवालीले बीआरआईबारे सत्तारुढ दल कांग्रेस र एमालेबिच बुझाइमा एकरुपता नरहेको स्वीकार गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणअघि एउटा समझदारीमा पुग्ने दाबी गरे । ‘अलिअलि डिफरेन्सेस छ तर प्रधानमन्त्रीको भ्रमणअघि नै हामी एउटा समझदारीमा पुग्छौँ,’ज्ञवालीको विश्वास छ ।
उनले पहिला नै हस्ताक्षर गरेको बीआरआई अहिले गिजोल्न नहुनेमा जोड दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
यस्तो छ ‘नरसिंहाः अवतार’ मा नीति शाहको लुक्स
-
कर्फ्युअघि पर्सामा ७० राउण्ड अश्रुग्यास प्रहार, २ राउण्ड हवाइ फायर
-
२ गोलले पछि परेको अवस्था उल्टयाउँदै चौथो स्थानमा उक्लियो सिटी
-
पेप्सीकोलाबाट ६० लाख लुटपाट, १३ जना पक्राउ
-
कनेक्ट आईपीएसजस्तै देखिने फेक यूआरएलबाट सावधान रहन आग्रह
-
त्रिविमा उपप्राध्यापक परीक्षाको रोचक नतिजा : २५ जना माग गरेकोमा ३ जना पास