एक महिनामा बढे ३ लाख मोबाइल बैंकिङ प्रयोगकर्ता
बुधबार, ०५ मङ्सिर २०८१, १६ : ०२

काठमाडौँ । एक महिनामा करिब ३ लाख मोबाइल बैंकिङका प्रयोगकर्ता बढेका छन् । नेपाल राष्ट्र बैंकको तथ्यांक अनुसार गत असोजसम्म मोबाइल बैंकिङका प्रयोगकर्ताको संख्या २ करोड ५५ लाख २४ हजार १८९ पुगेको छ ।
भदौ महिनासम्म यो संख्या २ करोड ५२ लाख ७ हजार १२२ थियो । यही अवधिमा इन्टरनेट बैंकिङका प्रयोगकर्ता भने ३९ हजारले बढेका छन् । गएको भदौसम्म इन्टरनेट बैंकिङका प्रयोगकर्ता १९ लाख ८६ हजार ८१७ थिए ।
असोजमा त्यो संख्या २० लाख २६ हजार ५२४ पुगेको छ । त्यसैगरी असोजसम्म डेबिट कार्ड बोक्नेको संख्या १ करोड ३१ लाख ६१ हजार ४५९ छ । क्रेडिड कार्डका प्रयोगकर्ताको संख्या भने २ लाख ९६ हजार ८६४ छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ला लिगा : बार्सिलोना उपाधि उन्मुख, रियालसँग अंकदुरी थप बढ्यो
-
प्रिमियर लिग : म्यान्सिटीको फराकिलो जित, आर्सनल रोकियो बराबरीमा
-
वैशाख २ गते बोडेका २८ वर्षीय सुजनले तेस्रोपटक जिब्रो छेडेर जात्रा चलाउने
-
बाढीले डाइभर्सन बगाएपछि अवरुद्ध बुटवल-नारायणगढ सडक सञ्चालन
-
आईपीएल क्रिकेट : हैदरावादको हार श्रृंखलामा ब्रेक, गान्धी स्टेडियममा पञ्जाब हार्यो
-
१२ बजे, १२ समाचार : झडपपछि वीरगञ्जमा कर्फ्यु लगाइयोदेखि फास्ट ट्र्याकमा चिनियाँ ठेकेदारले ठगी गरेको आरोपसम्म