पत्रकार भेटघाट
सरकारबाट हटेपछि प्रचण्ड तिकडम खेल्दैछन् : प्रदीप ज्ञवाली
बुधबार, ०५ मङ्सिर २०८१, १५ : २०

काठमाडौँ । नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले सरकारबाट हटेपछि नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विभिन्न तिकडम अपनाउन थालेको आरोप लगाएका छन् । बुधबार एमाले प्रचार विभागले आयोजना गरेको पत्रकार भेटघाटमा ज्ञवालीले प्रचण्डको पछिल्ला अभिव्यक्ति तिकडमका संकेत भएको बताएका हुन् ।
‘प्रचण्डको अभिव्यक्ति बंगलादेश, श्रीलंका बनाइदिन्छु भन्ने, पहिचानवादीसँग कोशी मान्दिनौ भन्दै सँगै आन्दोलनमा जान खोज्नु, भारतीय मिडियासँग अन्तर्वार्ताको क्रममा दिएको अभिव्यक्तिले सरकारबाट हटेपछि फेरि सबैखाले तिकडम अपनाउँदै छन् भन्ने देखाएको छ’, उनले भने, ‘अराजकता मौलायो भने भ्याकुमभित्र अलोकतान्त्रिक तत्त्वले खेल्छन् । ६ सालदेखि परिवर्तनका संवाहक मुख्य कांग्रेस र एमाले हुन् ।’
उनले अराजकता र लोकतन्त्र सँगसँगै जान नसक्ने पनि बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दुई महिनामा तेस्रो पटक दुर्घटनामा परे तामिल अभिनेता अजित कुमार
-
गिरीबन्धु र बाँसबारी छाला जुत्ताको जग्गा सुकुम्वासीलाई दिइयोस् : देवेन्द्र पौडेल
-
सुटिङका क्रममा घाइते भए गुरु रन्धावा, सेलिब्रेटीको कमेन्ट ओइरो
-
अब हामीले आँखा र कान खोल्नुपर्छ, सहयोगका सीमा स्पष्ट पार्नुपर्छ : गोकुल बास्कोटा
-
प्रधानमन्त्री ओली भारत भ्रमणको निमन्त्रणाको पर्खाइमा हुनुहुन्छ : परराष्ट्रमन्त्री राणा
-
सात महिनामा चार अर्ब ३९ करोडको जुत्ता चप्पल आयात