बुधबार, ०९ माघ २०८१
ताजा लोकप्रिय

विकासमा राजनीति नगरौँ : गृहमन्त्री लेखक

बुधबार, ०५ मङ्सिर २०८१, १४ : ५९
बुधबार, ०५ मङ्सिर २०८१

महेन्द्रनगर । गृहमन्त्री रमेश लेखकले विकासमा राजनीति गर्न नहुने बताएका छन् । बुधवार कञ्चनपुरको कृष्णपुर नगरपालिकाले आयोजना गरेको स्वागत कार्यक्रममा बोल्दै गृहमन्त्री लेखकले कसैले पनि विकासमा राजनीति गर्न नहुने बताएका हुन् ।

‘चुनाव लड्दा हामी आ–आफ्नो पार्टीको झन्डा लिएर जान्छौ चुनाव जितिसकेपछि विकासको मुद्दामा सबै मिलेर अगाडी बढ्नुपर्छ’, गृहमन्त्री लेखकको भनाइ छ । 

लोकतन्त्रको विकल्प अरू कुनै व्यवस्था हुन नसक्ने भन्दै उनले अहिलेको शासन व्यवस्थालाई सुदृढ गर्दै जनताको विश्वास र भरोसा जगाउनु पर्नेमा जोड दिए । जनताको भरोस जगाउन स्थानीय सरकारको भूमिका महत्त्वपूर्ण भएकाले स्थानीय सरकारले  सहज ढङ्गले जनतालाई सेवा प्रदान गर्नुपर्ने बताए । 

‘हाँसेर बोल्दिनुस् आधा समस्याको समाधान त्यसबाटै भइहाल्छ । सेवा प्रदान गर्दा जनतालाई सबैभन्दा माथि राखेर सेवा प्रदान गर्नुहोस्’, उनले भने, ‘एमाले र कांग्रेस मिलेर सरकार बनेको छ । यो सरकार देशमा स्थिरता र सुशासन कायम राख्न बनेको हो ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप