ट्रम्पले लिन्डा मेकम्यानलाई बनाए शिक्षामन्त्री

वासिङटन डीसी । अमेरिकामा राष्ट्रपतिमा निर्वाचित भएका पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पले लिन्डा मेकम्यानलाई अमेरिकाको नयाँ शिक्षामन्त्रीमा नियुक्त गरेका छन् । ट्रम्पले मंगलबार राति यो घोषणा गरेका हुन् ।
यसअघि भने सीएनएनले ट्रम्पले मेकम्यानलाइलाई वाणिज्य मन्त्री बनाउन सक्ने भन्दै समाचार छापेको थियो । बाईडेनले ट्रम्पलाई सरकार सुम्पिँदासम्मको संक्रमणकालीन अवस्था हेर्ने टोलीमा मेकम्यान सह–अध्यक्ष हुन् ।
ट्रम्पले यो टोलीका अर्का सह–अध्यक्ष होवार्ड लुट्निकलाई मंगलबार नै वाणिज्य मन्त्रीमा नियुक्त गरेका छन् ।
मेकम्यानले दशर्कौसम्म नेतृत्वमा आफ्नो अनुभव र शिक्षा अनि व्यवसायमा आफ्नो गहन बुझाईलाई अमेरिकाको भावी विद्यार्थी र कामदार पुस्तालाई सशक्त बनाउन प्रयोग गर्ने ट्रम्पले एक विज्ञप्तिमा भनेका छन् । म्याकमहोन रिपब्लिकन पार्टीको मुख्य दाता पनि हुन् । उनी पूर्व डब्ल्युडब्ल्युईकी पूर्व सीईओ पनि हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विपद्को एक वर्ष : आठ हजार बढी घटनामा ७४५ जनाको मृत्यु
-
धनुषा र अछाममा एमाले जिल्ला अधिवेशन बाँकी
-
पेस्तोल र लागु औषधसहित भारतीय नागरिक पक्राउ
-
सुनको मूल्य फेरि बढ्यो, तोलामा १ लाख ८६ हजार पुग्यो
-
आईसीसी यू१९ विश्वकप छनोट : मैदान नसुकेपछि नेपाल र यूएईबिचको खेलमा ढिलाइ
-
२०८१ साल : कूटनीतिक क्षेत्रमा उतार–चढावको वर्ष