उपनिर्वाचन
रुकुम पूर्वमा माओवादीले खोल्यो खाता, जगत् घर्ती निर्विरोध निर्वाचित
बुधबार, ०५ मङ्सिर २०८१, १२ : ५३

काठमाडौँ । स्थानीय तह उपनिर्वाचन अन्तर्गत नेकपा माओवादी केन्द्रले रुकुम पूर्वमा खाता खोलेको छ ।
पुथा उत्तरगंगा गाउँपालिकाको २ नम्बर वडामा माओवादीका उम्मेदवार जगतबहादुर घर्ती निर्विरोध निर्वाचित भएको माओवादीका नेता तथा रुकुम पूर्वका सङ्घीय सांसद पूर्ण घर्तीले जानकारी दिए ।
उनका अनुसार नेपाली कांग्रेस र नेकपा एमालेको तर्फबाट उम्मेदवारी दिएका जीवन रोकाले उम्मेदवारी फिर्ता लिएपछि घर्ती निर्वाचित भएका हुन् ।
२०७९ को निर्वाचनमा माओवादीका उम्मेदवार जसबहादुर श्रीपालीले २३४ मत ल्याएर विजयी भएका थिए भने नेपाली कांग्रेसका कर्णबहादुर बुढाले १७९ मत पाएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
शिक्षा प्रणालीलाई प्रविधियुक्त र समायानुकुल बनाउन आवश्यक : मन्त्री दाहाल
-
भोलिदेखि शिक्षक आन्दोलन बिहान १० देखि २ बजेसम्म हुने
-
मिसन ०८४ मा हेरौँला, एमाले बिनाको नेपाल हुन्छ कि के बिनाको : प्रधानमन्त्री ओली
-
अप्रत्याशित रूपमा शिक्षामन्त्रीको राजीनामा किन आयो ? प्रधानमन्त्रीले दिए यस्तो जवाफ
-
अप्रिलको पलेँटीमा प्रस्तुत हुँदै संगीता
-
सिरहामा कटुवा पेस्तोलसहित दुई भारतीय नागरिक पक्राउ