मैत्रीपूर्ण फुटबल खेल्न भारत भ्रमणमा आउँदै अर्जेन्टिनी स्टार लियोनल मेस्सी !
काठमाडौँ । समकालीन विश्व फुटबलका महान खेलाडीमध्ये एक हुन्, लियोनल मेस्सी । यी स्टार अर्जेन्टिनी स्ट्राइकरको विश्वभर करोडौँ समर्थक रहेका छन् । मेस्सी कीर्तिमानी रुपमा आठ पटक बालोन डी’ओर उपाधि जित्ने फुटबलर पनि हुन् ।
क्रिकेट भनेपछि हुरुक्कै गर्ने भारतमा पनि फुटबलका यी ३७ वर्षीय जादुगरको असँख्य समर्थक रहेका छन् । खासगरी भारतको केरला र पश्चिम बंगालमा फुटबलको गजबको वातावरण छ । भारतमा रहेका मेस्सीका असँख्य समर्थकको लागि एउटा खुशीको खबर छ ।
अर्जेन्टिनी स्टार मेस्सी आगामी वर्ष भारत भ्रमणमा आउने भएका छन् । केरलाका खेलकुदमन्त्रीले पनि मेस्सी भारत भ्रमणमा आउने समाचारको पुष्टि गरेका छन् । खासमा सन् २०२५ मा अर्जेन्टिनी फुटबल टोली मैत्रीपूर्ण फुटबल खेल्न भारत भ्रमणमा आउन लागेको हो ।
अर्जेन्टिनी टोलीमा मेस्सीको पनि उपस्थिति रहने केरलाका खेलकुदमन्त्रीले बताएका छन् । ‘महान खेलाडी लियोनल मेस्सीसहितको अर्जेन्टिनी फुटबल टोली अर्को वर्ष अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलका लागि भारत भ्रमणमा आउनले जानकारी केरलाका खेलकुदमन्त्री भी.अब्दुरहिमानले बुधबार सार्वजनिक गरेका छन्,’ भारतीय समाचार संस्था पीटीआईले आफ्नो समाचारमा भनेको छ ।
तर, मैत्रीपूर्ण खेलको मिति भने तय हुन बाँकी रहेको पनि उनले जनाएका छन् । खेलकुदमन्त्री अब्दुरहिमानका अनुसार, उक्त मैत्रीपूर्ण खेलको सम्पूर्ण व्यवस्थापन राज्य सरकारले गर्ने भएको छ । यसका लागि आ–आफ्नो स्तरबाट सहयोग गर्न उनले सबैसँग अनुरोध पनि गरेका छन् ।
मेस्सी अर्जेन्टिनालाई विश्वकप फुटबलको उपाधि चुमाउने टोलीका कप्तान पनि हुन् । अर्जेन्टिनाले उनकै कप्तानीमा कतार विश्वकपको उपाधि जितेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बिहीबार आज कसलाई कति लाभ ? हेरौँ राशिफल
-
घट्यो अमेरिकी डलरको मूल्य, अन्य विदेशी मुद्रा कसको दर कति ?
-
माघ नसकिँदै देशभर तापक्रम बढ्न थाल्यो
-
युवाले खोलेका उद्योग नै चलेनन्, ६ महिनामा ३०० वटा खारेज
-
रातोपाटी बिफिङ : वामदेव एमाले फर्किने ‘च्याप्टर’ तत्काललाई क्लोजदेखि पूर्व उपराष्ट्रपतिलाई उपाध्यक्ष बनाउने प्रचण्ड योजना स्थगितसम्म
-
अखिल क्रान्तिकारी निर्वाचन : उम्मेदवारहरूको प्रारम्भिक नामावली प्रकाशित