बुधबार, ०९ माघ २०८१
ताजा लोकप्रिय

रातोपाटीमा आजबाट ‘प्रथम महिला’ भिडियो शृङ्खला प्रसारण हुँदै

बुधबार, ०५ मङ्सिर २०८१, १२ : ५०
बुधबार, ०५ मङ्सिर २०८१

काठमाडौँ । रातोपाटीले बुधबारबाट साप्ताहिक कार्यक्रम ‘प्रथम महिला’ भिडियो शृङ्खला प्रसारण गर्ने भएको छ । सकारात्मक परिवर्तनका लागि विश्वमा भए–गरेका घटनाक्रमलाई शृङ्खलाबद्ध  भिडियो सामग्रीका रूपमा पस्कँदै आएको रातोपाटीले हरेक बुधवार राति ७:३० बजे आफ्नो युट्युब च्यानल रातोपाटी टिभीमा महिलामा समर्पित नयाँ भिडियो शृङ्खला प्रसारण गर्न लागेको हो ।

‘‘प्रथम महिला’ तिनै नेपाली महिलाप्रति समर्पित कार्यक्रम हो, जसले चुनौतीका अनेक पहाड छिचोल्दै अभूतपूर्व उपलब्धि हासिल गरेका छन्’ रातोपाटीको सञ्चालक संस्था डिस्कवरी न्युज नेटवर्कले भनेको छ । एक वर्ष चल्ने यस शृङ्खलामा पचासौँ अग्रणी महिलाका कथा समेटिनेछन् । कार्यक्रममा प्रथम नेपाली महिलाका अपूर्व उत्साह, सक्रियता, सीप, कला, प्रगति, सफलता तथा प्रसन्नताका पाटा खोतल्ने प्रयास गरिएको छ ।

‘साथसाथै तत्कालीन बाधा, अड्चन, उत्पीडन, अन्योल, बेथिति र सङ्घर्ष एवं आन्दोलनका पाटा पनि यहाँहरू माझ पस्कनेछौँ’ नेटवर्कले भनेको छ । नेटवर्कका अनुसार, समय क्रममा नेपाली महिलाले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय जगत्मा खेल्दै आएको भूमिका उत्तिकै प्रेरणादायी छन् । 

त्यसैले कार्यक्रममा इतिहास र वर्तमान अनि धर्म–संस्कृति, विज्ञान प्रविधि, हिजो र आजलाई समग्रतामा ल्याउने प्रयास गर्नेर्छौं ।  आधा आकाश र आधा धर्तिका रूपमा रहेका नेपाली महिलाको प्रतिनिधित्व गर्ने ‘प्रथम महिला’ ऐतिहासिक कार्यक्रमको निर्माता विजया शर्मा हुन् । कार्यक्रम हरेक बुधवार रातोपाटीको युट्युब च्यानलमा साँझ ७:३० बजे प्रसारण हुनेछ । उथलपुथल’ र ‘रामराज्य’जस्तै ‘प्रथम महिला’मा दर्शकको रुचि रहने विश्वास नेटवर्कले लिएको छ ।

यसअघि प्रसारित विश्व क्रान्तिको इतिहाससम्बन्धी कार्यक्रम ‘उथलपुथल’को शृङ्खला र विश्वका विभिन्न मुलुकले गरेका उत्कृष्ट कामसम्बन्धी कार्यक्रम ‘रामराज्य’लाई दर्शकको स्नेह र प्रशंसा रहेको नेटवर्कले जनाएको छ । नेटवर्कका अनुसार, यसै त हाम्रो मुलुकको परिवर्तन र विकासमा पुरुषसरह नै महिलाको योगदान रहँदै आएको छ ।

नेपाली चेलीले परापूर्व कालदेखि विविध क्षेत्रमा विशिष्ट योगदान गर्दै आएका छन् । दर्शन, साहित्य, राजनीति, संस्कृति, ज्ञान, विज्ञान, प्रविधि, प्रशासन, कूटनीति, खेल आदि क्षेत्रमा नेपाली महिलाले पुर्‍याउँदै आएको देन अविस्मरणीय छ ।

परापूर्व कालदेखि डिजिटल युग अझ भन्ने हो भने आजको एआईको अर्थात् ‘आर्टिफिसियल इन्टेलिजेन्स’को युगसम्म नेपाली महिलाले गरेका साहस, क्षमता र प्रतिभाको प्रदर्शन प्रशंसनीय तथा अनुकरणीय छन् ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप