आत्मघाती गोलले डुबायो भेनेजुएलालाई, चिलीसँग हार्यो
काठमाडौँ । फिफा विश्वकप छनोट फुटबलको आफ्नो पछिल्लो खेलमा भेनेजुएलाले नमिठो पराजय भोगेको छ । उक्त हारपछि भेनेजुएला विश्वकप छनोट यात्रामा थप दबाबमा परेको छ । दक्षिण अमेरिकी क्षेत्रको बुधबार विहान सम्पन्न छनोट प्रतियोगितामा चिलीले भेनेजुएलालाई ४–२ गोलले हराएको हो ।
उक्त खेल चिलीको घरेलु मैदानमा खेलिएको थियो । खेलको प्रारम्भमै अग्रता लिएर पनि भेनेजुएलाले त्यसलाई जोगाउन सकेन । उक्त खेलको पहिलो हाफमा चार र दोस्रो हाफमा एक गोल भएको थियो । खेल सुरु भएको १३ औँ मिनेटमै भेनेजुएलाका लागि जेफर्सन साभारिनोले पहिलो गोल गरेका थिए ।
निर्धारित समयको २० औँ मिनेटमा चिलीका एडुआर्डो भार्गसले जवाफी गोल फर्काएका थिए । २२ औँ मिनेटमा रुबेन रामिरेजले गोल गरेपछि भेनेजुएलाले फेरि २–१ को अग्रता बनाएको थियो । निर्धारित समयको २९ औँ मिनेटमा भेनेजुएलाका टोमास रिन्कनबाट आत्मघाती गोल भयो ।
त्यसपछि खेल २–२ को बराबरीमा पुगेको थियो । त्यही आत्मघाती गोलले नै भेनेजुएलाको पराजयको आधार तयार पारेको थियो । निर्धारित समयको ३८ औँ मिनेटमा लुकास सेपेडाले गोल गरेपछि खेलमा चिली ३–२ ले अगाडि बढेको थियो । निर्धारित समयको ४७ औँ मिनेटमा चिलीका लागि लुकासले ब्यक्तिगत रुपमा दोस्रो गोल गरेका थिए । त्यसपछि दुबै टोलीबाट थप गोल हुन सकेन र घरेलु मैदानमा चिलीले सजिलै नतिजालाई आफ्नो पक्षमा पा¥यो ।
उक्त खेलमा जित हात पार्न सकेको भए भेनेजुएला अंक तालिकाको सातौँ स्थानमा उक्लने थियो । सहभागी १० वटै टोलीले १२–१२ खेल खेलिसक्दा भेनेजुएला १२ अंकसहित तालिकाको आठौँ स्थानमा आसिन छ । भेनेजुएलाले हालसम्म दुई जित, ६ बराबरी र चार हारको नतिजा निकालेको छ । चिली भने नौ अंकसहित तालिकाको नवौँ स्थानमा छ । चिलीले हालसम्म दुई जित, तीन बराबरी र सात हारको नतिजा निकालेको छ ।
यसैगरी, सात अंकसहित पेरु तालिकाको सबैभन्दा तल अर्थात १० औँ स्थानमा छ । तालिकाको पहिलो स्थानमा आसिन अर्जेन्टिनाले २५ अंक बटुलेको छ । अर्जेन्टिनाले हालसम्म आठ जित, एक बराबरी र तीन हारको नतिजा निकालेको छ ।
तालिकाको दोस्रो स्थानमा आसिन उरुग्वे २० अंकसहित तालिकाको दोस्रो स्थानमा छ । १९ अंकसहित इक्वेडर तेस्रो र समान अंक बटुलेको कोलम्बिया चौथो स्थानमा छन् । १८ अंकसहित ब्राजिल पाँचौँ, १७ अंकसहित पाराग्वे छैटौँ र १३ अंकसहित बोलिभिया सातौँ स्थानमा आसिन छन् ।
अंक तालिकाको माथिल्लो ६ स्थानमा रहने टोली विश्वकपमा छनोट हुने प्रावधान छ । दक्षिण अमेरिकी क्षेत्रको विश्वकप छनोट प्रतियोगितामा अब सहभागी १० वटै टोलीले ६–६ खेल खेल्न बाँकी छ । छनोट प्रतियोगिताअन्तर्गत बुधबार नै सम्पन्न अर्को खेलमा बोलिभियाले पाराग्वेलाई २–२ गोलको बराबरीमा रोकेको थियो । इक्वेडरले भने कोलम्बियालाई १–० गोलले हराएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘भीम रावलजस्तो साथी पार्टीबाट अलग भएर जाँदा कसको मन अमिलो हुन्न र ?’
-
सुप्रिम बचतको अनुसन्धान प्रतिवेदन प्रहरीले बुझायो, रवि सहितलाई प्रतिवादी कायम गर्नुपर्ने राय
-
मेडिकल चस्मामा लगाइएको भ्याट हटाउन पहल गर्छु : उपप्रधानमन्त्री सिंह
-
५ वर्षमा हरेक कर्मचारीको पद परिवर्तन गर्न सुझाव
-
आरविवि सेक्युरिटीजको दोस्रो वार्षिक साधारण सभा सम्पन्न
-
सहजपुर–निगाली सडक स्तरोन्नतिका लागि सम्झौता प्रक्रिया अन्तिम चरणमा