प्रि–रिलिजबाटै पुष्पा २ ले कमाएको हो हजार करोड भारु ?
नयाँ दिल्ली । दक्षिण भारतीय अभिनेता अल्लु अर्जुन अभिनीत फिल्म ‘पुष्पा २ः द रुल’ लाई लिएर फ्यानहरूको उत्साह उत्कर्षमा छ । हालै बिहारको पटनामा फिल्मको ट्रेलर सार्वजनिक गरिएको थियो । ट्रेलरले भ्युजको हिसाबले धेरै रेकर्ड तोडेको छ । यो देखेर ‘पुष्पा २’ बक्स अफिसमा ठुलो हिट साबित हुने अनुमान गरिएको छ ।
यति मात्र होइन, फिल्मले प्रि–रिलिज बिजनेसबाटै एक हजार करोड भारु कमाएको जानकारी पनि आएको छ । यो कुरामा कति सत्यता छ भन्ने कुरा पनि पुष्पा अर्थात् अल्लुले नै खुलासा गरेका छन् ।
‘अनस्टपबल २’ मा देखिनेछन् अल्लु अर्जुन
एनबीकेसाग ‘अनस्टपेबल’को आगामी एपिसोडमा अल्लु अर्जुनले फिल्मको रिलिज अघि रेकर्ड तोड व्यापार गरेको समाचारहरूलाई पनि सम्बोधन गर्ने अपेक्षा गरिएको छ । खबरहरूलाई विश्वास गर्ने हो भने फिल्मको वल्र्डवाइड थिएटर मूल्य १हजार करोड भारु अनुमान गरिएको छ ।
यदि यो खबर सत्य साबित भयो भने फिल्म ‘आरआरआर’ र ‘केजीएफ च्याप्टर २’ भन्दा ठुलो फिल्म साबित हुनेछ । आरआरआर र केजीएफ च्याप्टर २ को सफलताको मार्जिन निकै कम थियो ।
‘पुष्पा २’ ले रिलिजअघि नै कमाएको हो हजार करोड ?
नन्दमुरी बालकृष्णसँगको ‘अनस्टप्पेबल’को नयाँ प्रोमोमा होस्टले अल्लुलाई पुष्पा २ ले साँच्चै प्रि–रिलिज १००० करोडको व्यापार गरेको हो भनेर सोधेका छन् । प्रोमोमा अल्लु अर्जुनले दिएको जवाफ छैन ।
बक्स अफिसमा बनाउला नयाँ कीर्तिमान ?
अल्लु अर्जुनको आगामी फिल्म ‘पुष्पा २ः द रुल’ यस वर्षको बहुप्रतिक्षित फिल्महरू मध्ये एक हो । फिल्म रिलिज हुन अब केही साता मात्र बाँकी छ । देशभर फिल्मको प्रमोशन धमाधम भइरहेको छ ।
‘पुष्पा २’ यो वर्षको अन्त्यसम्मकै सबैभन्दा ठुलो हिट साबित हुन सक्ने व्यापार विश्लेषकहरूको अनुमान छ । फिल्मले तेलुगु सिनेमामा मात्र नभई सम्पूर्ण भारतीय सिनेमामा कमाइको नयाँ मापदण्ड बनाउने पनि भनिएको छ ।
कहिले रिलिज हुन्छ ‘पुष्पा २’ ?
सुकुमारको लेखन तथा निर्देशनमा बनेको यो चलचित्रको बजेट ५ सय करोड रहेको बताइएको छ । यस एक्सन ड्रामामा अल्लु अर्जुनबाहेक रश्मिका मन्डन्ना र फहद फासिल मुख्य भूमिकामा छन् । जगदीश प्रताप बन्दरी, जगपति बाबु, प्रकाश राज, अनुसया भारद्वाज, राव रमेशलगायत कलाकारको पनि अभिनय छ । फिल्म डिसेम्बर ५ मा हलमा रिलिज हुँदै छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बागमती प्रदेश प्रमुख देवकोटालाई दलित आयोगको प्रतिवेदन हस्तान्तरण
-
सिंगापुरमा किन बढ्दैछ नक्कली बिहे ?
-
‘एक्टरः टेक वन’ को ‘के भरोसा गरम’ गीत : दिव्या र आनासँग रोमान्टिक प्रदीप
-
बेवारिसे स्कार्पियो गाडी गौर भन्सारमा बुझाइयो
-
दीपक मनाङेको मुद्दामा सर्वोच्चले गरेको फैसलाको पूर्णपाठ सार्वजनिक
-
सुनको मूल्य तोलामा १५०० रुपैयाँ घट्यो