ट्राफिकद्वारा ४ हजार सवारी कारबाहीमा झन्डै ३६ लाख राजश्व सङ्कलन
रौतहट । रौतहट स्थित ट्राफिक प्रहरीले यस आर्थिक वर्षको पहिलो चौमाससमा झन्डै ४ हजार सवारी धनीलाई गरेको कारबाहीबाट करिब ३६ लाख रुपैयाँ राजश्व सङ्कलन गरिएको छ।
जिल्ला ट्राफिक कार्यालय चन्द्रिगाहपुर तथा मातहतका युनिटहरूले सवारी धनीलाई गरेको कारबाहीबाट उक्त राजश्व सङ्कलन गरिएको हो। गत साउन महिनादेखि कार्तिक मसान्तसम्म जिल्ला भरीमा ट्राफिक नियम विपरीत चलेका ३ हजार ९ सय ९४ सवारी धनीलाई कारबाही गरी कुल कुल ३५ लाख ८३ हजार ५०० रुपैयाँ राजश्व सङ्कलन भएको जिल्ला ट्राफिक कार्यालय चन्द्रिगाहपुरका प्रमुख इन्स्पेक्टर लोकेन्द्र अधिकारीले बताएका छन्।
ट्राफिक नियम विपरीत चल्ने सवारी साधनमा सबै भन्दा बढी मोटरसाइकलको सङ्ख्या रहेको इन्स्पेक्टर अधिकारीले जानकारी दिएका छन्। सोही अवधिमा जिल्ला भरीमा कुल २ सय २१ वटा सवारी साधन दुर्घटना भएको छ।
उक्त दुर्घटनामा परेर महिला पुरुष गरी १६ जनाको मृत्यु हुनुका साथै ३ सय ९४ जना घाइते भएकी ट्राफिक प्रहरीको सूचनामा उल्लेख गरिएको छ। बढ्दो सवारी दुर्घटना नियन्त्रणको लागि जिल्ला ट्राफिक प्रहरी कार्यालय चन्दरनिगाहपुर मातहत गौर, बमनहर, सुकदेव चौक, गरुडा, बागमती, दुमारिया मतिऔँन, बिजयपुर, मौलापुर, बनंकुल लगायतका स्थानमा ट्राफिक प्रहरी परिचालन गरिएको सूचनामा उल्लेख गरिएको छ।
तीव्रगति, बाटोको अवस्था राम्रो नभएको, मदिरा सेवन गरी सवारी चलाउनु, बाटोको क्षमता भन्दा बढी सवारी साधन गुड्नु लगायत दुर्घटनाको कारण भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय चन्द्रिगाहपुरले जनाएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आज कुन तरकारी तथा फलफूलको मूल्य कति ? (सूचीसहित)
-
शिक्षकहरूले किन पाइरहेका छैनन् मासिक तलब ?
-
चाडपर्वले राष्ट्रिय एकतालाई मजबुत बनाउन महत्त्वपूर्ण योगदान दिएका छन् : अध्यक्ष नेपाल
-
कटहरिया नगरपालिकामा जनप्रतिनिधिले नै लगाए ताला
-
३ पटक उदघाटन भएर थलिएको ‘आयोजना बैंक’ फेरि कार्यान्वयन गर्ने तयारी
-
तेह्रथुमको चोत्लुङ ‘पार्क’ लिम्बू संस्कृति अध्ययन केन्द्र बन्दै