पाकिस्तानमा पुनः आत्मघाती हमला, १० सैनिकको मृत्यु

इस्लामवाद । पाकिस्तानमा लगातार आतङ्कवादी घटनाहरू भइरहेका छन् । पछिल्लो आत्मघाती हमलामा पाकिस्तानी सेनाका १० सैनिकको मृत्यु भएको खबर आएको छ । एक जना आतङ्कवादीले सेनाको चेक पोस्ट नजिकै विस्फोटक पदार्थ राखेको गाडीलाई विस्फोट गराएको भनिएको छ । एक दिन अघि सोही क्षेत्रमा अर्को आतङ्कवादी हमलामा पाकिस्तानी सेनाका आठ सैनिकको मृत्यु भएको थियो ।
सञ्चार माध्यममा छापिएको खबरका अनुसार पाकिस्तानको उत्तर पश्चिमी सीमामा रहेको खैबर पख्तुनख्वा प्रान्तको बन्नुमा रहेको सेनाको चेकपोष्ट नजिकै एक आतङ्कवादीले आफ्नो विस्फोटक पदार्थले भरिएको गाडीलाई विस्फोट गराएका थिए । यस क्रममा १० सैनिकको मृत्यु भएको थियो ।
आत्मघाती हमलापछि अन्य आतङ्ककारीहरूले पनि भने चेक पोस्टमा गोली हानेका थिए । यस क्रममा अरू सात जना घाइते भएका छन् । प्रहरीका अनुसार आत्मघाती विस्फोटबाट माली खेल चौकीमा कयौँ सैनिक सवारी साधनमा ठुलो क्षति पुगेको छ । यस आक्रमणको जिम्मेवारी हाफिज गुल बहादुर सशस्त्र समूहले लिएको छ ।
एक दिनअघि पनि आक्रमण भएको थियो
एक दिन अघि खैबर पख्तुनख्वा प्रान्तमा अर्को आतङ्कवादी हमलामा पाकिस्तानी सेनाका आठ सैनिकको मृत्यु भएको थियो । यस भिडन्तमा आतङ्कवादी र सैनिकहरूबीच केही घण्टासम्म गोली हानाहान भएको थियो, जसमा नौ आतङ्कवादी र आठ सैनिकको मृत्यु भएको थियो ।
यस हमलाको जिम्मा तेहरिक–ए–तालिबान पाकिस्तान (टीटीपी) आतङ्कवादी समूहले लिएको थियो ।सेनाले आफ्ना लडाकुहरूलाई निशाना बनाएर आक्रमण गरेपछि सोको जवाफमा यो आक्रमण गरेको टीटीपीले भनेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
युक्रेनविरुद्ध ट्रम्पको अर्को कदम : सैन्य सहायतापछि खुफिया जानकारी दिन रोक
-
डच भाषाशास्त्री जर्ज भानद्वारा लिखित ‘अ ग्रामर अफ लिम्बू’को विमोचन
-
नेशनल लाईफले सप्ताहव्यापी कार्यक्रम गरेर मनायो ३८औं वार्षिकोत्सव
-
१२ बजे, १२ समाचार : कुलमानलाई हटाउन लागेको भन्दै प्रतिनिधि सभामा विरोधदेखि निजामती कर्मचारीको उमेरहद बढाउने तयारीसम्म
-
सरकारले ल्याएका ५ वटा अध्यादेश स्वीकृत
-
अमेरिकाबाट डिपोर्ट हुनेमा २२ वर्षीय युवक र एक महिलासहित ८ जना रहेको पुष्टि