ओम्नी मोटर्सको मेगा सर्भिस क्याम्प २०२४ सुरु
बुधबार, ०५ मङ्सिर २०८१, ११ : ४९
बुटवल । नेपालको लागि भारतबेन्ज गाडीको आधिकारिक बिक्रेता ओम्नी मोटर्स प्रालिले मङ्सिर ५ गते देखि मङ्सिर १४ गते सम्म मेगा सर्भिस क्याम्प २०२४ सुरु गरेको छ ।
ग्राहकको मागलाई मध्यनजर गर्दै यही ५ गते देखि १४ गतेसम्म देशभरका वर्कसपहरूबाट स्पेयर पार्ट्समा ५० प्रतिशत, लुब्रिकेन्टमा ३० प्रतिशत, र लेबरमा २० प्रतिशतसम्म छुटको अफर ल्याएको कम्पनीका कस्टुमर सर्भिस प्रमुख सुमन धमलाले जानकारी दिए ।
नेपालमा २०१४ बाट सुरु भएको एस कम्पनीले देशभर भारतबेन्ज ब्रान्डको ट्रक र टिप्पर बिक्री वितरण गर्दै आएको छ ।