माफी माग्दै बजगाईंले फिर्ता लिए मन्त्री पाण्डेविरुद्धको अभिव्यक्ति

काठमाडौँ । नेपाली काङ्ग्रेसका सांसद राजेन्द्र बजगाईंले आफ्नै पार्टीका संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्री पाण्डेविरुद्ध दिएको अभिव्यक्ति फिर्ता लिएको सार्वजनिक गरेका छन् ।
बजगाईंले पाण्डे लक्षित आफूले दिएको अभिव्यक्तिले चोट पुगेको भन्दै सामाजिक सञ्जाल एक्समार्फत माफी माग्दै अभिव्यक्ति फिर्ता लिएको बताएका हुन् ।
‘सामाजिक सञ्जाल एक्स र फेसबुकमा मैले दिएको अभिव्यक्ति उपर केन्द्रीय कार्यालयमा महामन्त्री विश्वप्रकाश शर्मा र अनुशासन समिति संयोजक आनन्द ढुङ्गानासँग छलफल भयो’, बजगाईंले लेखेका छन्, ‘मैले लगाएको आरोपले उहाँ मन्त्रीजीलाई निकै चोट परेको पाएँ । त्यसकारण उक्त लाञ्छित अभिव्यक्ति फिर्ता लिएको छु । टिप्पणीबाट परिवारजनमा परेको चोटप्रति पनि क्षमाप्राथी छु ।’
सांसद बजगाईंले मन्त्री पाण्डेमाथि भैरहवाको एक क्यासिनो सञ्चालन गर्ने क्रममा आर्थिक लेनदेन गरेको आरोप लगाएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेपाली समाज भारतको नवौँ राष्ट्रिय सम्मेलन सम्पन्न
-
बसाइँ सरेको १८ वर्षपछि वेदबहादुर पुन: आफ्नै गाउँ फर्किए
-
बालुवाटारमा प्रधानमन्त्री र आन्दोलनरत शिक्षकबीच वार्ता
-
अभिनेत्री नीति शाहले गरिन् कानूनी विवाह
-
के आधारमा लिङ्देन उपसमितिले दियो पोखरा एयरपोर्टमा भ्रष्टाचार भएको प्रतिवेदन ?
-
कर्णाली रोजगार कार्यक्रमको कार्यविधि २०८१ स्वीकृत