सानिमा बैंकले ५.२६ प्रतिशत नगद लाभांश दिने
बुधबार, ०५ मङ्सिर २०८१, १० : ४३
काठमाडौँ । सानिमा बैंक लिमिटेडले चुक्ता पुँजीको ५.२६३२ प्रतिशत नगद लाभांश (कर सहित) प्रदान गर्ने प्रस्ताव पारित गरेको छ । मंगलबार सम्पन्न बैंकको २०औं वार्षिक साधारणसभाले सो निर्णय गरेको हो ।
आर्थिक बर्ष २०८०/८१ मा रु. २.४० अर्ब खुद मुनाफा गरेको सानिमा बैंकको कुल सम्पत्ति रु. २३३.८६ अर्ब, कुल निक्षेप रु. १९९.३८ अर्ब तथा खुद कर्जा सापटी रु १६४.९४ अर्ब रहेको छ ।
आर्थिक वर्ष २०७९/८० को तुलनामा निक्षेप, कर्जा सापटी र कुल सम्पत्तिमा क्रमशः ११.४८, १०.०६ र ८.४५ प्रतिशतले बृद्धि गरेको बैंकले जनाएको छ ।
बैंकका अध्यक्ष तुक प्रसाद पौडेलको अध्यक्षतामा उक्त साधारणसभा सम्पन्न भएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पूर्वउपराष्ट्रपति पासाङले मागे ‘कृषि र उत्पादन’को जिम्मेवारी
-
मुख्यमन्त्रीले जवाफ नदिए प्रदेश सभा अवरुद्ध गर्ने माओवादीको चेतावनी
-
मसीजन्य पत्रिका प्रयोग गरी प्रशोधन गर्दै गरेको ६४ किलो केक नष्ट
-
अध्यक्ष प्रचण्ड खबरदारी सभामा सहभागी हुन म्याग्दी जाँदै
-
चितवनमा प्रिमियम र स्मार्ट नामी सार्वजनिक
-
नेपाल चेम्बर अफ कमर्स एक्सपोमा कजारिया टाइल्स