दुर्गा प्रसाईँका १० जना समर्थक पक्राउ
बुधबार, ०५ मङ्सिर २०८१, १० : ३१
_9D7kNyco0u.jpg)
काठमाडौँ । दुर्गा प्रसाईँ नेतृत्वको राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियानमा आबद्ध १० जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरूलाई भक्तपुरबाट पक्राउ गरिएको केन्द्रीय अनुसन्धान ब्युरोका प्रवक्ता (एसपी) होबिन्द्र बोगटीले रातोपाटीलाई बताए ।
मङ्सिर ७ मा प्रसाईँ नेतृत्वको समूहले काठमाडौँमा प्रदर्शन गर्ने तयारी गरेको छ । भड्काऊ पूर्ण आन्दोलन गर्नसक्ने आशंकामा प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो । उनीहरूलाई जिल्ला प्रहरी परिसर भक्तपुरमा राखिएको छ । आरोपीहरुविरुद्ध प्रहरीले सार्वजनिक शान्तिविरुद्धको कसुरमा अनुसन्धान गरिरहेको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध दुष्प्रचार गरेको आरोपमा प्रसाईँलाई सीआईबीले मंगलबार पक्राउ गरेको थियो । उनीविरुद्ध साइबर सम्बन्धी कसुरमा म्याद लिएर अनुसन्धान गरिने एसपी बोगटीले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बाढीले डाइभर्सन बगाएपछि अवरुद्ध बुटवल-नारायणगढ सडक सञ्चालन
-
आईपीएल क्रिकेट : हैदरावादको हार श्रृंखलामा ब्रेक, गान्धी स्टेडियममा पञ्जाब हार्यो
-
१२ बजे, १२ समाचार : झडपपछि वीरगञ्जमा कर्फ्यु लगाइयोदेखि फास्ट ट्र्याकमा चिनियाँ ठेकेदारले ठगी गरेको आरोपसम्म
-
धुमधामपूर्वक मनाइयो हनुमान जयन्ती
-
काठमाडौँ महानगरद्वारा नेसनल हस्पिटललाई एक लाख जरिवाना
-
पछिल्लो २४ घण्टाको विपद् : तीन जनाको मृत्यु, सोह्र जना घाइते