विपिन शर्मा कर्णाली याक्सका ‘आइकोनिक प्लेयर्स’
काठमाडौँ । निकट भविष्यमा आयोजना हुन लागेको फ्रेन्चाइज क्रिकेट प्रतियोगिता नेपाल प्रिमियर लिग (एनपीएल) मा सहभागी टोलीमध्येको एक कर्णाली याक्सले ट्यालेन्ट हन्टमार्फत आफ्नो खेलाडी छनोट गरेको छ ।
कर्णाली याक्सले ट्यालेन्ट हन्टबाट विपिनप्रसाद शर्मालाई आइकोनिक प्लेयर्समा छनोट गरेको हो । कर्णाली याक्सले सुर्खेतको वीरेन्द्रनगरमा आयोजना गरेको छनोट कार्यक्रमबाट पहिलो चरणमा पाँच उत्कृष्ट खेलाडी चयन गरेको थियो ।
सोही पाँचमध्येबाट कर्णाली याक्सले विपिनलाई आइकोनिक खेलाडीमा छनोट गरेको हो । आइकोनिक खेलाडी बनेसँगै विपिनले आगामी एनपीएलमा कर्णाली याक्सको प्रतिनिधित्व गर्न पाउने छन् । कर्णाली याक्सले पहिलो चरणमा ‘ट्यालेन्ट हन्ट’ बाट विपिनसँगै मनिष थापा, निश्चल रावल, राजप्रसाद शाह र अरविन्द घर्तीलाई छानेको थियो ।
यी पाँचैजना खेलाडीले प्रदेशबाट राष्ट्रिय प्रतियोगिता खेलिसकेका छन् । बाँकी चार खेलाडीलाई पनि विशेष प्रशिक्षणको व्यवस्था गरिएको कर्णाली याक्सले जनाएको छ । ज्ञानेन्द्र मल्ल प्रशिक्षक रहेको कर्णाली याक्सको मार्की खेलाडीमा राष्ट्रिय टोलीका अलराउन्डर सोमपाल कामी रहेका छन् ।
कर्णाली याक्सले गत साता विश्व क्रिकेटकै चर्चित खेलाडी शिखर धवनलाई टोलीमा अनुबन्ध गरेको थियो । ३८ वर्षीय बायाँ हाते ओपनर धवनले इन्डियन प्रिमियर लिगमा दिल्ली क्यापिटल्स, मुम्बई इन्डियन्स, सनराइजर्स हैदरावाद र पञ्जाव किङ्सको प्रतिनिधित्व गरिसकेका छन् ।
यसका अतिरिक्त, कर्णाली याक्सले वेष्ट इन्डिजका चाडविक एन्टोनिओ किर्कपाट्रिक वाल्टन, पाकिस्तानका अलराउन्डर मोहम्मद हुसैन तलत र हङ्कङका बाबर हायतलाई पनि एनपीएल खल्न टोलीमा आबद्ध गरिसकेको छ ।
कर्णाली याक्स्को टोलीमा गुल्शन झा, देव खनाल, नन्दन यादव, अर्जुन घर्ती, रित गौतम, मौसम ढकाल, भुवन कार्की, दीपेन्द्र रावत, युनिशविक्रम सिंह ठकुरी र दीपक डुम्रे पनि रहेका छन् । कर्णाली याक्सले कलाकार स्वस्तिमा खड्कालाई ‘फेस अफ कर्णाली याक्स’ नियुक्त गरेको छ ।
टोलीको हस्पिटालिटी पार्टनरमा हिल्टन होटल छ । प्रतियोगिता मंसिर १५ देखि पुस ६ गतेसम्म सञ्चालन हुँदैछ । नेपाल क्रिकेट संघ (क्यान)द्वारा आयोजित एनपीएलमा आठवटा टोलीको सहभागिता रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रकृति र संस्कृतिको सङ्गम फलामेडाँडा आन्तरिक पर्यटकको रोजाइमा
-
कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल
-
शुक्रबार र शनिबार कहाँ-कहाँ हुन्छ वर्षा ?
-
कटारीमा वन्यजन्तुको उद्धार तथा पुनःस्थापना केन्द्र स्थापना
-
अमेरिकी डलर, रियाल, दिराम, युआन, दिनार र रिङ्गेटको मूल्य बढ्यो, कसको भाउ कति ?
-
लिभरपुलले जोगायो शीर्ष क्लबहरुको इज्जत, अग्रता थप बलियो